२४ असार २०८३, बुधबार

मतदाता नामावली उतार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाटै गर्न सकिने

मतदाता नामावली उतार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाटै गर्न सकिने

निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनका उम्मेदवारले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाटै मतदाता नामावलीको उतार लिनसक्ने बताएको छ । शनिवार विज्ञप्ति जारी गर्दै आयोगले प्रत्येक निर्वाचन क्षेत्रमा स्थापना गरिएको निर्वाचन अधिकृतको कार्यालयबाटै उम्मेदवार, उम्मेदवारको प्रस्तावक तथा समर्थकको मतदाता नामावली उतार गर्न सकिने व्यवस्था गरिएको जानकारी दिएको छ । 

उम्मेदवारहरूले आयोगको केन्द्रीय कार्यालयबाट नामावली उतार गरेर सम्बन्धित क्षेत्रमा उम्मेदवार मनोनयन गर्न जान नसकिने भएको गुनासो गरेको भन्दै आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट त्यससम्बन्धी व्यवस्था गरेको जानकारी दिएको हो । 

 

salt training

कमेन्ट गर्नुहोस्