०६ साउन २०८३, बुधबार

चुनावी तालमेलबारे दीपकराजको ब्यंग्य : पार्टीले जसलाई बौ भन्छ, उसैलाई ढोग्नु पर्छ !

चुनावी तालमेलबारे दीपकराजको ब्यंग्य : पार्टीले जसलाई बौ भन्छ, उसैलाई ढोग्नु पर्छ !

कलाकार दीपकराज गिरीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा तालमेल गर्ने राजनीतिक दलहरूको निर्णयबारे टिप्पणी गरेका छन् । सामाजिक सञ्जालमा सन्देश लेख्दै उनले चुनावी तालमेल गर्ने दलहरूको निर्णयप्रति व्यंग्यात्मक टिप्पणी गरेका हुन् । 

उनले एमाले कार्यकर्ताप्रति लक्षित गर्दै लेखेका छन्, ‘सूर्य सिरानीमा राखेर सुत्नेले अब कमल थापा र उपेन्द्र लाइ रोज्नु पर्छ !’ दीपकराजले कांग्रेस कार्यकर्तालाई पनि टिप्पणीको निसानामा पारेका छन् । उनी लेख्छन्, ‘रूख रूख भनेर मुख सुकाउनेले मतपत्रमा हँसिया‘ हथौडा खोज्नु पर्छ !!’

यस्तो छ दीपकराजले सामाजिक सञ्जालमा लेखेको सन्देश

सूर्य सिरानीमा राखेर सुत्नेले अब कमल थापा र उपेन्द्र लाइ रोज्नु पर्छ !
रूख रूख भनेर मुख सुकाउनेले मतपत्रमा हँसिया‘ हथौडा खोज्नु पर्छ !!
लोकतन्त्र हो साथी, सबैले भोग्नु पर्छ !
पार्टीले जसलाई बौ भन्छ, उसैलाई ढोग्नु पर्छ !

salt training

कमेन्ट गर्नुहोस्