०६ साउन २०८३, बुधबार

बाबुरामको प्रस्ताव : गोरखालाई विकासको नमूना बनाउन स्वर्णिम र प्रचण्डको चुनावी जुगलबन्दी गरौँ

बाबुरामको प्रस्ताव : गोरखालाई विकासको नमूना बनाउन स्वर्णिम र प्रचण्डको चुनावी जुगलबन्दी गरौँ
फाइल तस्वीर

पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष डा. बाबुराम भट्टराईले गोरखाको विकासका लागि अर्थविद् र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को चुनावी जुगलबन्दी गर्न प्रस्ताव गरेका हुन् । 

उनले शनिवार राति एक ट्वीट गर्दै यस्तो प्रस्ताव गरेका हुन् । 

उनले  गोरखालाई विकास र समृद्धिको नमूना बनाउनका लागि वाग्ले र प्रचण्डको चुनावी जुगलबन्दी हुनुपर्ने बताए । 

उनले विकास योजना निर्माण गर्ने र व्यवस्थापन/कार्यान्वयन गर्ने क्षमताको संयोजन वाग्ले र प्रचण्डमा रहेको बताउँदै यसबारे गम्भीर भएर सोच्न समेत आग्रह गरेका छन् । 

उनले भनेका छन्,'मित्रहरूलाई अन्यथा लाग्दैन भने गोरखामा प्रचण्ड र स्वर्णिम वाग्लेको चुनावी जुगलबन्दी गर्दा कसो होला ? गोरखालाई विकास/समृद्धिको नमूना बनाउने हो भने विकास योजना निर्माण गर्ने र व्यवस्थापन/कार्यान्वयन गर्ने क्षमताको संयोजन हुनैपर्छ । यी दुई व्यक्तित्वमा ती गुण छन् । गम्भीर ढंगले सोचौं !'

salt training

कमेन्ट गर्नुहोस्