
साविक विजेता म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
शनिवार राति साउथह्याम्पटनलाई ४-० गोल अन्तरले हराउँदै सिटी शीर्ष स्थानमा उक्लिएको हो ।
जीतसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले ९ खेलमा २३ अंक जोडेको छ ।
साउथह्याम्पटन ७ अंक जोडेर १६ औं स्थानमा रहेको छ ।