०६ असार २०८३, शनिबार

दशैं लगत्तै ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

दशैं लगत्तै ३ हजार रुपैयाँले बढ्यो सुनको भाउ, कति पुग्यो ?

नेपाली बजारमा आइतवार छापावाल सुन प्रति तोला ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिन सुनको मूल्य प्रति तोला ९६ हजार रुपैयाँ कायम गरेको हो । 

दशैं अगाडिको अन्तिम कारोबारमा सुनको मूल्य ९३ हजार रुपैयाँ प्रति तोला कायम भएको थियो । 

दशैं पछाडि पुनः कारोबार शुरू हुँदा भने एकैपटक ३ हजार रुपैयाँले सुनको मूल्य बढेको हो । 

आइतवार चाँदी प्रति तोला १ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको छ । 

दशैं अगाडिको अन्तिम कारोबारका दिन चाँदी प्रति तोला १ हजार १७० रुपैयाँमा कारोबार भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्