३२ असार २०८३, बिहीबार

अमेरिकी डलरको मूल्य आकाशियो

अमेरिकी डलरको मूल्य आकाशियो
प्रतिकात्मक तस्वीर

अमेरिकी डलरको मूल्य लगातार उकालो लागेको छ । यसबाट नेपाली मुद्रा थप कमजोर बन्न पुगेको छ ।

नेपाल राष्ट्र बैंकले आइतवारका लागि तय गरेको मूल्यअनुसार १ अमेरिकी डलरको खरिददर १३२ रुपैयाँ ४२ पैसा रहेको छ भने बिक्रीदर १३२ रुपैयाँ २ पैसा तय गरिएको छ । 

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्ने अनुमान गरिएको छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ ।

मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।

कोरोनाका कारण पर्यटकको आवागमन समेत उल्लेख्य मात्रामा वृद्धि हुन नसक्दा डलरको मूल्यवृद्धिले थप संकट पैदा गर्नेछ ।

नेपाली मुद्रा र भारतीय मुद्राबीच स्थिर विनिमय दर भएकाले पनि डलरको मूल्यमा असर परेको हो । भारतीय रुपैयाँ कमजोर हुँदा त्यसको असर नेपाली मुद्रामा समेत पर्न गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्