
मोरङ क्षेत्र नम्बर ५ मा बागी उम्मेदवारी परेको छ । नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)बीच तालमेल गर्ने भनिएको क्षेत्रमा एमालेका योगेन्द्र मण्डलले बागी उम्मेदवारी दर्ता गराएका हुन् ।
एमाले–जसपा तालमेलबारे भएको सहमति अनुसार उक्त क्षेत्रमा जसपाले उम्मेदवारी पाउने थियो । जसपाका तर्फबाट राजकुमार यादवले टिकट पाएका छन् ।
प्रतिनिधि तथा प्रदेशका दुईवटै क्षेत्रमा एमालेले जसपालाइ छाडेको थियो । मण्डलले निकै अगाडिदेखि चुनावी तयारी थालेका थिए । जसपासँग गठबन्धन भएपछि रुष्ट भएका उनले आइतवार निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।