०३ साउन २०८३, आइतबार

मोरङ ६ बाट कांग्रेसका शेखर कोइरालाको उम्मेदवारी दर्ता

मोरङ ६ बाट कांग्रेसका शेखर कोइरालाको उम्मेदवारी दर्ता

नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् । मोरङ क्षेत्र नम्बर ६ बाट उनले प्रतिनिधि सभामा उम्मेदवारी दिएका हुन्  । उनको प्रतिष्पर्धा एमालेका लालबाबु पण्डितसँग हुने भएको छ ।

अघिल्लो चुनावमा पनि पण्डित र कोइरालाबीच प्रतिष्पर्धा भएको थियो । अघिल्लो पटक पण्डित वाम गठबन्धनबाट उठेका थिए । झिनो मतअन्तरले कोइराला पराजित बनेका थिए । 

कोइरालाको मनोनयन दर्तामा राष्ट्रिय सभामा कांग्रेस संसदीय दलका नेता रमेशजंग रायमाझी पनि उपस्थित थिए । यसअघि उनले पनि सो क्षेत्रबाट टिकटमा दाबी गरेका थिए । टिकट नपाएपछि कोइरालालाई सघाउने उनले बताइसकेका छन् ।
 

salt training

कमेन्ट गर्नुहोस्