०८ असार २०८३, सोमबार
प्रतिनिधिसभा निर्वाचन

प्रचण्डले गोरखा- २ बाट दर्ता गराए उम्मेदवारी

प्रचण्डले गोरखा- २ बाट दर्ता गराए उम्मेदवारी

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

गोरखा- २ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रचण्डले दिउँसो ३ बजेको समयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी मनोनयनका लागि पुगेका नेकपा 'प्रचण्ड'लाई गोरखामा भव्य स्वागत गरिएको थियो ।

पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पूर्व सहकर्मी समेत रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई समेतलाई लिएर गोरखा पुगेका प्रचण्डलाई पार्टीका कार्यकर्ता र शुभचिन्तकले भव्य स्वागत गरे ।

समर्थकहरू प्रचण्डलाई स्वागत गर्न लाइन लागेका थिए । प्रचण्डलाई खादा र माला लगाउन चाहनेको ठूलो भीड जम्मा भएको थियो ।

पञ्जेबाजा समेत बजाएर प्रचण्डको स्वागत गरिएको थियो ।

अघिल्लोपटक चितवन- ३ बाट निर्वाचित प्रचण्ड यसपालि गोरखा क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका हुन् ।

गोरखा– २ मा अघिल्लोपटक डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ भिड्दा भट्टराईले बाजी मारेका थिए ।

उम्मेदवारी मनोनयनका लागि प्रचण्ड सडक मार्ग हुँदै गोरखा पुगेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्