
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरविरुद्ध तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) अध्यक्ष वृषेशचन्द्र लालले उम्मेदवारी दर्ता गराएका छन् ।
साविकमा तमलोपा स्थापनाकालदेखि साथ दिँदै आएका लालले पछिल्लो समय लोसपा त्यागेर आफ्नै नेतृत्वमा तमलोपा दर्ता गराएका थिए ।
लालले पनि महोत्तरी–३ मै उम्मेदवारी दर्ता गराएपछि ठाकुरलाई असहज हुने स्थिति देखिएको छ । लाललाई ठाकुरको दाहिने हात भनेर चिन्ने गरिन्थ्यो । लोसपामा उनी वरिष्ठ उपाध्यक्ष थिए ।