१९ असार २०८३, शुक्रबार

डा बाबुराम भट्टराईको शल्यक्रिया, चार दिन अस्पतालमै रहने

कात्तिक २०, २०७४
डा बाबुराम भट्टराईको शल्यक्रिया, चार दिन अस्पतालमै रहने
भक्तपुर, २१ साउन - नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको आज मूत्रथलीको सफल शल्यक्रिया गरिएको छ ।baburam birami

गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा आज अपराह्न भर्ना भएका पूर्वप्रधानमन्त्री डा भट्टराईको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राकेश बर्माको नेतृत्वको चिकित्सक टोलीले सफलतापूर्वक शल्यक्रिया गरेको अस्पतालका निर्देशक श्रीभक्त कासिछ्वाले जानकारी दिए ।

डा बर्माले भने, “पूर्वप्रधानमन्त्री भट्टराईले विगत डेढ वर्षदेखि मेरो निगरानीमा औषधि सेवन गरिरहनुभएको थियो, रोग निदानपछि आज शल्यक्रिया गरिएको हो ।” अस्पतालमा चार दिनसम्म उपचार गराएपछि उनलाई घर पठाइने अस्पतालले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्