०८ साउन २०८३, शुक्रबार

गुल्मी १ बाट एमालेका प्रदीप ज्ञवाली र २ बाट गोकर्ण विष्टले गराए उम्मेदवारी दर्ता

गुल्मी १ बाट एमालेका प्रदीप ज्ञवाली र २ बाट गोकर्ण विष्टले गराए उम्मेदवारी दर्ता

गुल्मी क्षेत्र नम्बर १ बाट एमाले उपमहासचिव प्रदीप ज्ञवालीले प्रतिनिधि सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराएका छन् । क्षेत्र नम्बर २ बाट एमाले सचिव गोकर्ण विष्टले पनि उम्मेदवारी दर्ता गराए छन् । आइतवार अपराह्न निर्वाचन अधिकृतको कार्यालयमा पुगेर दुवै नेताले उम्मेदवारी दर्ता गराए । 

ज्ञवालीले यहीँ क्षेत्रबाट निरन्तर चुनावी प्रतिष्पर्धा गर्दै आएका छन् । विष्ट पनि क्षेत्र नम्बर २ मा २०५६ देखि निरन्तर उम्मेदवार छन् । गुल्मी १ मा गठबन्धनबाट कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले उम्मेदवारी दर्ता गराए । क्षेत्र नम्बर २ बाट नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले गठबन्धनको तर्फबाट उम्मेदवारी दर्ता गराएकी छन् । 

गुल्मी–१ मा एमालेबाट १ (१) मा चिन्तामणि पाण्डे र १ (२) मा फरशुराम पाण्डेले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै गुल्मी–२ २(१) मा डिल्लीराज भुसाल र २(२) मा दिनेश पन्थीले उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्