
नेकपा माओवादी केन्द्रका नेता मात्रिकाप्रसाद यादवले सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी मनोनयन दर्ता गराएका छन् । धनुषा–१ बाट उनले प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।
यादव सोही क्षेत्रका निवर्तमान सांसद पनि हुन् । उनीविरुद्ध प्रतिपक्षी गठबन्धनबाट जनता समाजवादी पार्टीका दीपक कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।