०१ साउन २०८३, शुक्रबार

मकवानपुरमा सत्तारुढ गठबन्धन उम्मेदवारहरूले गरे उम्मेदवारी दर्ता

मकवानपुरमा सत्तारुढ गठबन्धन उम्मेदवारहरूले गरे उम्मेदवारी दर्ता

आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरूको निर्वाचनका लागि मकवानपुरमा सत्ता गठबन्धन दलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गरेका छन् । 

आइतवार हेटौंडा २ स्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगी गठबन्धन दलका नेताहरुले उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धन दलको तर्फबाट नेकपा समाजवादीका नेता एवं पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले मकवानपुर क्षेत्र नं २ को प्रतिनिधि सभामा उम्मेदवारी दर्ता गरेका हुन् । यस्तै क्षेत्र नं २ को प्रदेश सभा सदस्यतर्फ नेपाली कांग्रेसका प्रदेश सभापति ईन्द्रबहादुर बानियाँ र नेकपा माओवादी केन्द्रकी नेतृ कुमारी मोक्तानले उम्मेदवारी दर्ता गराए । 

यस्तै, निर्वाचन क्षेत्र १ मा कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) ले प्रतिनिधि सभातर्फ उम्मेदवारी दर्ता गराएकी छन् । त्यस्तै सो क्षेत्रको प्रदेश सभामा नेकपा माओवादी केन्द्रका नेता प्रेमबहादुर पुलामी र नेपाली कांग्रेसको तर्फबाट आनन्दराम पराजुलीले प्रदेश सभा सदस्यको लागी उम्मेदवारी दर्ता गराएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्