१३ असार २०८३, शनिबार

भरतपुर अपडेटः ४०१ मत गन्दा रेणु दाहालको अग्रता

कात्तिक २०, २०७४
भरतपुर अपडेटः ४०१ मत गन्दा रेणु दाहालको अग्रता
काठमाडौं, २१ साउन— चितवनको भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को मतगणना जारी छ । ४ सय १ मत गणनाको नतिजा सार्वजनिक हुँदा माओवादीकी मेयर उम्मेद्वार रेणु दाहालले २ सय ४ मत ल्याएकी छिन् । यस्तै नेकपा एमालेका मेयर उम्मेद्वार देवी ज्ञवालीले १ सय ४५ मत प्राप्त गरेका छन् ।renu devi
भरतपुर १९ मा शुक्रबार मात्र पुनः निर्वाचन भएको हो भने सो वडामा २ हजार ८ सय ७० मत खसेको थियो । यसअघि वैशाख ३१ गतेको निर्वाचनमा भने २ हजार ८ सय ९७ मत खसेको थियो ।

यस्तै वडा नं.२० मतगणना पनि बाँकी रहेको छ । वडा नं. २० ३ हजार ३ सय २ मत गन्न बाँकी छ । यी दुई वडा गन्नु अघि देवी ज्ञवालीको ४० हजार ९ सय ८० र रेणु दाहालको ४० हजार १ सय ९६ मत रहेको छ ।
शुक्रबार साढे ११ बजेदेखि मतगणना सुरु भएको हो ।  मतगणनाको अन्तिम परिणाम शनिबार आउने अपेक्षा गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्