३१ जेठ २०८३, आइतबार

सत्यमोहनको स्थास्थ्यमा सुधार, डिलक्स क्याविनमा सारियो

सत्यमोहनको स्थास्थ्यमा सुधार, डिलक्स क्याविनमा सारियो
फाइल तस्वीर

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको स्वास्थ्यमा सुधार आएको छ । 

किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पतालमा उपचाररत रहेका जोशीको स्वास्थ्यमा केही सुधार भएको अस्पतालका निर्देशक प्रा डा सुरज बज्राचार्यले जारी गरेको बुलेटिनमा जनाइएको छ । 

उनका अनुसार जोशीले सामान्य दोहोरो कुरा गर्न अवस्थामा भएका छन् । 

“उहाँ सामान्य दोहोरो कुरा गर्नसक्ने अवस्थामा हुनु भएको र कमजोरी कायमै रहँदा उहाँलाई डिलक्स क्याविनमा सिफ्ट गरी सधन उपचार कक्ष (आइसियु) सरहकै सुक्ष्म निगरानीमा नर्सिङ तथा मल्टीडिसिप्लिनरी केयरसहित उपचार गरिएको छ”, बुलेटिनमा भनिएको छ ।

जोशीको पछिल्लो समयमा देखिएको निमोनियाको सङ्क्रमणका साथै मुटुको चालसम्बन्धी समस्याको उपचारसमेत जारी राखिएको छ ।

खकार परीक्षण गर्दा एन्टिबायोटिक्स् कोर्स निरन्तर दिइनुपर्ने देखिएको अस्पतालले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ । 

स्वास्थ्यमा समस्या आएपछि १९ दिनदेखि उनको अस्पतालमा राखेर उपचार गरिएको छ । रासस
 

salt training

कमेन्ट गर्नुहोस्