
जान्हवी कपूर एक सर्वाइभल थ्रिलर फिल्म ‘मिली’ मार्फत ठूलो पर्दामा फर्किँदै छिन् ।
यसले जान्हवीको बुवा बोनी कपूरसँगको पहिलो व्यावसायिक सहकार्य पनि हो ।
जान्हवीलाई चलचित्रमा 'मिली' बीएससी नर्सिङ स्नातकको रूपमा प्रस्तुत गरिएको छ।
`मिली` एक सर्वाइभर-थ्रिलर फिल्म २०१९ को मलयालम चलचित्र `हेलेन` को रिमेक हो।
राष्ट्रिय अवार्ड विजेता मथुकुट्टी जेभियरले निर्देशन गरेको यस फिल्ममा सन्नी कौशल र मनोज पाहवा पनि छन् ।
२०२१ मा नै जान्हवीले मिलिको सुटिङ पूरा गरेकी थिइन् ।
उनले आफ्नो बुवासँग खेलेको यो पहिलो फिल्म हो ।
४ नोभेम्बरमा यो फिल्म हलमा आउँदैछ ।