०१ असार २०८३, सोमबार

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु

छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

मकवानपुरमा छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

जिल्लाको भीमफेदी गाउँपालिकामा अरिंगालको टोकाइबाट १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भीमफेदी गाउँपालिका–६ पारीबजार बस्ने ६२ वर्षीय कुष्णबहादुर स्याङ्तान रहेको प्रहरी नायब उपरीक्षक (डीएसपी) टेकबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार बुधवार दिउँसो स्थानीय काभ्रेडाँडामा गोठालो गएका उनलाई अरिंगालले चिलेर सख्त बनाएकोमा उपचारका क्रममा बिहीवार बिहान चितवनको पपुलर अस्पतालमा मृत्यु भएको हो ।

भीमफेदी–६ जुरिखेतमा भीरबाट लडेर अर्का १ जनाको मृत्यु भएको छ । स्थानीय ३२ वर्षीया समिता रानामगर  बुधवार घरदेखि एक किलोमिटर उत्तरतर्फको जंगलमा घाँस काट्न गएकामा भीरबाट लडेर घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक कार्कीले बताए ।

मृतक रानामगरको शव परीक्षणका लागि हेटौंडा अस्पतालमा ल्याइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्