
बाग्लुङमा हुन गइरहेको नवौं राष्ट्रिय खेलकुदमा भाग लिनका लागि वागमती प्रदेश, नेपाल आईटीएफका २५ जना खेलाडी त्यस जिल्लातर्फ प्रस्थान गरेका छन् ।
वागमती प्रदेश, नेपाल आईटीएफकी उपाध्यक्ष तथा गिरिजाप्रसाद कोइराला फाउन्डेसन, खेलकुद विभाग, वागमती प्रदेशकी संयोजक तुलसी थापामगरले एक बिदाइ समारोह आयोजना गर्दै खेलाडीहरूलाई शुभकामना दिएकी थिइन् ।