१६ असार २०८३, मंगलबार

कर्णालीका विपद् पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्री खाँणलाई आग्रह

कर्णालीका विपद् पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्री खाँणलाई आग्रह

कर्णालीका विपद् पीडितलाई तत्काल राहत उपलब्ध गर्न माग गरिएको छ ।

गृहमन्त्री बालकृष्ण खाँणसँग कर्णाली प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीको नेतृत्वको टोलीले बुधवार गृह मन्त्रालयमा भेट गरी राहतको माग गरेको हो ।

जुम्ला, कालिकोट, मुगु, हुम्ला, डोल्पा लगायतका विभिन्न जिल्लामा भएको मानवीय क्षतिसहित बालीनाली, कृषियोग्य जमिन, पशुवस्तु क्षतिको स्थलगत अनुगमन गर्न टोलीले गृहमन्त्री खाँणसँग अनुरोध समेत गरेको छ ।

भौतिक पूर्वाधार सडक, पुल, सिँचाइ, तटबन्ध, विद्यालय भवन, जलविद्युत्, खानेपानी, टेलिफोन टावरमा ठूलो क्षति भई जनजीवन कष्टकर भएकोबारे ध्यानाकर्षण गराउँदै टोलीले ऊर्जा, सिँचाइ तथा जलस्रोतमन्त्री पम्फा भुसालसमक्ष मागपत्र समेत बुझाएको छ ।
 
पूर्वमन्त्री भण्डारीले कर्णाली प्रदेशको दीर्घकालीन विपद् व्यवस्थापनका लागि सम्पूर्ण कर्णालीवासीको निजी आवास बीमा कार्यक्रम तथा ‘तिला, हिमा तथा जवानदी नियन्त्रण परियोजना’ सञ्चालन गर्न तथा त्यसका लागि आवश्यक रकम विनियोजन गर्न माग गरिएको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्