१२ असार २०८३, शुक्रबार

नेप्सेमा झिनो अंकको सुधार

नेप्सेमा झिनो अंकको सुधार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले उकालो लागेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ४ दशमलव १५ अंकले उकालो लागेर १ हजार ८७० दशमलव ६३ मा पुगेको छ ।

ठूला कम्पनीको शेयर कारोबारमापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ९५ अंकले उकालो लागेर ३६७ दशमलव १४ मा पुगेको छ । कूल २२२ कम्पनीको २६ लाख ९८ हजार ३४७ कित्ता शेयर ८२ करोड ९६ लाख ४६ हजार ९२० रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये बिहीवार जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा गिरावट देखिएको छ । अरु सबै उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ ।

नेप्सेका अनुसार बिहीवारको कारोबारपछि बजार पुँजीकरण २६ खर्ब ८८ अर्ब ६६ करोड ९० लाख ९४ हजार ७८९ रुपैयाँ बराबर कायम भएको छ ।

कारोबारका आधारमा नबिल बैंक शीर्षस्थानमा छ । बैंकको ३ करोड ४० लाख ३५ हजार २०० बराबरको कारोबार भयो । नेपाल लाइफ इन्स्योरेन्स ३ करोड २७ लाख २६ हजार १६५, शिवम् सिमेन्ट २ करोड ९१ लाख १७ हजार १०९, रिडीपावर कम्पनी २ करोड ८३ लाख ६६ हजार ८६३ र हिमालयन डिस्टिलरी २ करोड ८२ लाख ३६ हजार ३०६ बराबरको कारोबार भई शीर्ष ५ भित्र पर्न सफल भए ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । रुरु जलविद्युत् परियोजना ८ दशमलव १४, सामुदायिक लघुवित्त ५ दशमलव १६, शिवम् सिमेन्ट ३ दशमलव १७ र सबैको लघुवित्तका लगानीकर्ताले ३ दशमलव ६३ प्रतिशतले कमाएका छन् ।

सिटिजन म्युचुअल फण्ड दोस्रो ४ दशमलव ४५, एभरेस्ट बैंक ३ दशमलव ८३, नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ३ दशमलव ४७, ग्लोबल आईएमई समुन्नत कोष पहिलो ३ दशमलव ४६ र गणपति लघुवित्तका लगानीकर्ताले ३ दशमलव १९ प्रतिशतले गुमाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्