२० असार २०८३, शनिबार

अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह

असोज २८, २०७९
अफगानिस्तानमा छात्रालाई पढ्न दिन युरोपेली सङ्घको आग्रह

अफगानिस्तानमा छात्रालाई विद्यालय तहमा अध्ययन अध्यापन गर्न पाउने वातावरण बनाउन युरोपेली सङ्घले माग गरेको छ । 

सङ्घका तर्फबाट अफगानिस्तानका लागि खटिएका विषेश प्रतिनिधि टोमस निक्लासोनले कक्षा ६ देखि माथिका छात्रालाई अझै पनि विद्यालय जान नदिइएको उल्लेख गर्दै तत्काल विद्यालय सूचारु गर्न माग गरेका हुन् ।  

उनले अफगानिस्तानको प्रगति र विकासका लागि महिलाको शैक्षिकस्तरमा बृद्धि हुनुपर्नेमा पनि ध्यानाकर्षण गराए । 

सामाजिक सञ्जाल ट्वीटरमा पनि उनले विद्यालयहरु तत्काल खुल्नु पर्ने र बालिकाहरूलाई विद्यालयमा पहुँच हुनुपर्ने उल्लेख गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्