
शुक्रवार अमेरिकी डलरको विनिमय दरले कीर्तिमानी कायम गरेको छ ।
यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४६ रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।
नेपाल राष्ट्र बैंकले कायम गरेको विनिमय दरअनुसार यस दिन अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४६ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०६ रुपैयाँ कायम भएको छ ।
यो हालसम्मकै उच्च वृद्धि हो ।
यसअघि डलरको भाउ बढेर १३२.०२ रुपैयाँसम्म पुगेको थियो ।
शुक्रवार भने डलरको भाउले पुन: अघिल्ला रेकर्ड तोडेको हो ।
बिहीवार भने अमेरिकी डलरको खरिद दर प्रति डलर १३१.४१ रुपैयाँ र प्रति डलर बिक्री दर १३२.०१ रुपैयाँ कायम भएको थियो ।
राष्ट्र बैंकका अनुसार शुक्रवार युरोपियन युरोको प्रति युरो खरिद दर १२७.७७ रुपैयाँ र बिक्री दर १२८.३५ रुपैयाँ कायम भएको छ ।
यस्तो छ आजको सटही दर