२७ असार २०८३, शनिबार

मस्कोबाट दिल्लीका लागि उडेको विमानमा बम भएको हल्ला !

मस्कोबाट दिल्लीका लागि उडेको विमानमा बम भएको हल्ला !

शुक्रवार बिहान मस्कोबाट दिल्लीका लागि उडेको विमानमा बम भएको खबर आएपछि दिल्ली विमानस्थलमा हलचल मच्चिएको छ। 

उद्धार टोली इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेको प्रहरीले जनाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् । 

विमानबाट सबै यात्रुलाई सकुशल बाहिर निकालिएको बताइएको छ ।

मिडिया रिपोर्टका अनुसार सुरक्षा एजेन्सीलाई राति करिब ३ : २० बजे मस्कोबाट दिल्ली आउँदै गरेको फ्लाइट नम्बर एसयू २३२ मा बम रहेको जानकारी प्राप्त पाएको थियो । त्यसपछि उद्धार टोली घटनास्थलमा खटाइएको थियो । 

विमानले रनवे २९ मा अवतरण गरेको थियो ।

पहिले सबै यात्रु, त्यसपछि चालक दलका सदस्यलाई सकुशल तल ल्याइयो । विमानको जाँच भइरहेको बताइएको  छ । 

विमानमा ३८६ यात्रु र १६ चालक दलका सदस्य थिए । विमानमा बम राखेको खबर कसले दियो भन्नेबारे सुरक्षा निकायले केही नबताएको दैनिक भास्करले खबर लेखेको छ ।

  

salt training

कमेन्ट गर्नुहोस्