२९ जेठ २०८३, शुक्रबार

राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

रुपन्देही– २ बाट उम्मेदवारी खारेजीमा परेका राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ ।

शुक्रवार न्यायाधीश हरि फुँयालको इजलासमा परेको रिटमाथिको सुनुवाइ निवेदकका कानून व्यवसायीका तर्फबाट स्थगित गरिएको हो ।

बैंकिङ कसूरमा कालोसूचीमा रहेको पाइएपछि निर्वाचन आयोगले गुरुङको उम्मेदवारी खारेज गरेको थियो ।

गुरुङले सत्ता गठबन्धनको साझा उम्मेदवारका रूपमा एकीकृत समाजवादीबाट उम्मेदवारी दिएका थिए ।

आफ्नो उम्मेदवारी खारेज भएपछि गुरुङले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

पढ्नुहोस्, यो पनि :

salt training

कमेन्ट गर्नुहोस्