नेकपा एमालेले प्रतिनिधि सभाको कुल १६५ मध्ये १४१ सिटमा उम्मेदवारी दिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा एमालेले १४१ स्थानमा उम्मेदवारी दिएको हो । अन्य स्थानमा विभिन्न दलसँग तालमेलका लागि सिट छाडिएको एमालेले जनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नं. ५ बाट उम्मेदवारी दर्ता गराएका छन् । पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित तीनजना उपाध्यक्षहरू, महासचिव शंकर पोखरेल, दुई उपमहासचिव र सातैजना सचिवले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टीसँग केही सिटमा चुनावी तालमेल गरी एकअर्कालाई सघाउने सहमति भएबमोजिम एमालेले प्रतिनिधि सभा र प्रदेश सभाका केही सिटमा उम्मेदवारी दिएको छैन ।
यी हुन् एमालेका प्रतिनिधि, प्रदेश सभा र समानुपातिकतर्फका उम्मेदवारहरू