०९ असार २०८३, मंगलबार

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

चिकित्सकलाई दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ

दार्चुला जिल्ला अस्पतालका चिकित्सकमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । 

शुक्रबार दिउँसो मदिरा सेवन गरी अस्पताल पसेका महाकाली नगरपालिका-५ का ३० वर्षीय प्रेमसिंह धामीले चिकित्सकमाथि दुर्व्यवहार गरेका थिए । उनलाई चिकिक्सकमाथि दुर्व्यवहार गर्दा प्रहरीले नियन्त्रणमा लिएको थियो ।

अस्पतालमा कार्यरत डा. जफर अन्सारीमाथि दुर्व्यवहार गरेको आरोपमा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेशबहादुर शाहीले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्