११ असार २०८३, बिहीबार

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर १ जनाको मृत्यु

अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर १ जनाको मृत्यु
प्रतिकात्मक तस्वीर

पाल्पामा अरिङ्गाल पोल्ने क्रममा रुखबाट लडेर शुक्रवार राति १ जनाको मृत्यु भएको छ ।

तिनाउ गाउँपालिका–२ हापुरका ३० वर्षीय विष्णु सारुको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

उपचारका लागि बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पताल लैजाँदा राति ११ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पोल्ने क्रममा उनी रुखबाट करीब १०० मिटर तल लडेर गम्भीर घाइते भएका थिए ।

शुक्रवार साँझ करीब ५ बजे गाउँ नजिकै रहेको तारे जंगलस्थित सालको रुखमा रहेको अरिङ्गालको गोलो पोल्न गएको बुझिएको छ । विष्णुसँग सोही ठाउँका ३२ वर्षीय पूर्णबहादुर राना पनि अरिङ्गालको गोलो पोल्न गएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्