×

NMB BANK
NIC ASIA

२० वर्षपछि बल्ला नहरमा पानी, किसान हर्षित

असोज २९, २०७९

NTC
Premier Steels

२० वर्षपछि मोरङको महादेवकोल शाखा नहरमा पानी पुगेपछि त्यहाँका किसान हर्षित भएका छन् । सुनसरी मोरङ सिँचाइ आयोजना मातहतमा रहेको महादेवकोल शाखा नहर लामो समयदेखि बालुवा र माटोले पुरिएपछि नहरमा पानी चल्न सकेको थिएन । नहरमा पानी नहुँदा त्यस क्षेत्रका जनता सिँचाइ सुविधाबाट वञ्चित भएका थिए ।

Muktinath Bank

त्यस क्षेत्रमा कृषिमा सिँचाइ सेवा पुर्‍याउने गरी पाँच दशकअघि निर्माण भएको उक्त शाखा नहरमा दुई दशकदेखि पानी सञ्चालनअवरुद्ध भएको थियो । सुनसरी मोरङ सिँचाइ आयोजना विराटनगरले नहरमा थुप्रिएको बालुवा र माटो सफाइ गरेपछि पानी सञ्चालन भएको हो । मोरङ जहदा गाउँपालिका–४ मा मात्र करिब पाँच सय बिघा जग्गामा अहिले पानी पुग्दा किसान हर्षित भएको सो शाखा नहरका जल उपभोक्ता समितिका अध्यक्ष देवानन्द साहले बताए । उक्त क्षेत्रमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत तरकारीको पकेट क्षेत्र हो । यहाँका किसान मौसम अनुसारको बाली लगाउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘बाली मात्र लगाएर के गर्नु पहिले त नहर भएर पनि सिँचाइ थिएन । अहिले नहरका पानी बगेको देखेर किसानको अनुहारमा उज्यालो आएको छ’, अध्यक्ष साहले भने, ‘बाली र मानवको लागि पानी निकै महत्व छ, यो बिना दुवैको जीवन अन्धकार हुन्छ ।’


Advertisment
Nabil box
Kumari

धान, मकै, गहुँ पर्याप्त उत्पादन हुने यो क्षेत्रमा तरकारी पनि प्रशस्त उत्पादन हुन्छ । यो क्षेत्र तरकारीका लागि पकेट मानिन्छ । यो क्षेत्र तरकारी पकेट क्षेत्र भएको र यसमा परियोजनामार्फत कृषि उत्पादन बढाउन लगानी पनि भइरहेको अध्यक्ष साहले बताए । धान, मकै र गहुँ बाली भन्दा पनि तरकारी उत्पादन गरेर यस क्षेत्रका जनताको जीवनस्तरमा निकै परिवर्तन आएको स्थानीय किसान हरिनाथप्रसाद सिंहले बताए । उनले पनि एकदेखि दुई बिघा जग्गामा तरकारी लगाएका छन् । 

Vianet communication

‘तरकारी उत्पादन त गर्छु तर, बजार अभाव छ, ग्रामीण क्षेत्र भएकाले बाटोको असुविधा छ, बाटो राम्रो भएको भए हामीले उत्पादन गरेको तरकारी सजिलै शहरसम्म पु¥याउन सक्थ्यौँ’, उनले भने, ‘यहाँका किसानले प्रयोग गर्ने दुई किमी बाटो व्यवस्थित भयो भने निकै सुविधा हुने थियो ।’    

अर्का किसानले नहरको दुवैतर्फ तरकारी उत्पादक किसान रहेकाले केही स्थान सुनसरी मोरङ सिँचाइ आयोजनाले कल्भर्ट बनाइदिनुपर्ने माग गरे । आयोजनाका इञ्जिनीयर महेश चौधरीले किसानको माग र आवश्यकताअनुसार नहर सञ्चालनमा ल्याइएको बताए । 

आयोजनाका प्रमुख भिलानन्द यादवले सुनसरी मोरङ सिँचाइ आयोजनाले सुनसरीमा ४० हजार र मोरङमा २८ हजार हेक्टर जग्गामा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले नहर निर्माण गरेको बताए । उनले नहर स्थानमा अहिले पनि पानी चल्ने समस्या देखिएपछि नहरलाई सफाइ गर्ने योजना बनाएर अघि बढिरहेको जानकारी दिए । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०७४

काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x