०७ असार २०८३, आइतबार

इजरायलमा एक नेपाली चेलीको मृत्यु

इजरायलमा एक नेपाली चेलीको मृत्यु

इजरायलमा कार्यरत एक नेपाली चेलीको निधन भएको छ । वैदेशिक रोजगारको शिलशिलामा लामो समयदेखि इजरायलमा रहेकी नेपाली चेली सावित्री सुनुवारको हृदयघातबाट मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय कलाकार मञ्च इजरायल शाखाकी उपाध्यक्षसमेत रहेकी सुनुवारको यहि असोज २० गते मृत्यु भएको उनका भाइ किशोर सुनुवारले बताए । 

विभिन्न संघसंस्थामा आबद्ध सुनुवार कला र प्रतिभाकी धनी थिइन् । सुनुवार एनआरएनए इजरायलकी निवर्तमान कार्यसमिति सदस्यसमेत रहेकी थिइन् । सुनुवार वैदेशिक रोजगारीको शिलशिलामा कुवेत हुँदै इजरायल पुगेकी थिइन् । उनको शव नेपाल ल्याउन पहल भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्