१८ असार २०८३, बिहीबार

नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ र दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना चालक कारबाहीमा

नम्बर प्लेट स्पष्ट नराख्ने ४ सय ४६ र दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना चालक कारबाहीमा

काठमाण्डौ उपत्यकाका बिभिन्न स्थानबाट ट्राफिक नियम उलङ्घन गर्ने १ हजार ४ सय ७ जना चालकलाई ट्राफिक प्रहरीले कारवाही गरेको छ ।  नम्बर प्लेट स्पष्ट नभएका ४ सय ४६ जना, नम्बर प्लेट आकाशतिर फर्काउने ७ जना, दिउँसै मापसे गरी सवारी साधन चलाउने ४ जना, तीव्रगतिमा सवारी चलाउने १५५ जना, अनावश्यक हर्न बजाउने ५ जना र ठुलो आवाज निकाल्ने २ वटा  मोटरसाइकलका चालक कारबाहीमा परेका हुन् । त्यस्तै चेकिङकै क्रममा अन्य ट्राफिक नियम उलङ्घन गर्ने ७ सय ८८ जना चालक पनि कारवाहीमा परेका छन् ।  

स्पष्ट रुपमा नम्बरहरु नदेखिने र मापदण्ड अनुसार नम्बर प्लेट नराख्ने सवारी साधनको चेकजाँच अभियानलाई ट्राफिक प्रहरी कार्यालयले हिजोदेखि तिब्रता दिएको हो । 
 नम्बर प्लेट स्पष्ट नराखी सवारी साधन चलाउदा  सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसारको कसूर हुनुको साथै सवारी दुर्घटनाको अनुसन्धानमा समस्या हुने भएकाले स्पष्ट रुपमा देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी राख्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका सह-प्रवक्ता एवं प्रहरी उपरीक्षक अवदेश बिष्ट क्षेत्रीले अनुरोध गरे । 


 

salt training

कमेन्ट गर्नुहोस्