२३ असार २०८३, मंगलबार

राजु परियारलाई पितृशोक

राजु परियारलाई पितृशोक
दिवंगत बुबासँग गायक राजु

चर्चित लोकगायक राजु परियारलाई पितृशोक परेको छ । उनका बुबा मंगलसिंह परियारको ७२ वर्षको उमेरमा आइतवार बिहान निधन भएको हो । 

गायक परियार स्वयंले फेसबुकमार्फत आफ्नो बुबाको मृत्यु भएको जानकारी दिएका छन् । उनले बुबासँगको तस्वीर राख्दै लेखेका छन्, ‘बुवा आजदेखि मलाई घरको सम्पूर्ण जिम्मेवारी सुम्पेर यो पुज्य धर्तीबाट बिदा हुनुभयो । दशैँको टीका लगाउँदा भन्नुभएको थियो, अर्को सालको दशैंमा म नहुन पनि सक्छु भनेर ! सायद हजुरलाई थाहा थियो होला यी कुरा, तर मलाई भन्नु भएन किन ? जे होस् मेरो बुवाको जेठो छोरा म,  मेरो बुवाको अधुरा सपनाहरू सकेसम्म पूरा गर्नेछु । मबाट सदाको लागि बुवा भन्ने शब्दले बिदा माग्यो ! आत्माको चीर शान्तिको कामना बुबा हजुर ! मरण सत्य छ तर मसँग झझल्को र आशुबाहेक केही छैन बुवा ।’
 

salt training

कमेन्ट गर्नुहोस्