२० असार २०८३, शनिबार

प्रधानमन्त्री देउवाले दिए वाङ्मय शताब्दी पुरुष जोशीलाई श्रद्धाञ्जलि

प्रधानमन्त्री देउवाले दिए वाङ्मय शताब्दी पुरुष जोशीलाई श्रद्धाञ्जलि

प्रधानमन्त्री शेरबहादुर देउवाले वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन् । पुल्चोकस्थित ललितपुर महानगरपालिका प्रांगणमा राखिएको जोशीको पार्थिव शरीरमा उनले श्रद्धाञ्जलि अर्पण गरेका हुन् । 

पुरातत्वविद् जोशीप्रति श्रद्धाञ्जलि अर्पण गर्न सभामुख अग्निप्रसाद सापकोटा, नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री जीवनराम श्रेष्ठलगायत त्यहाँ पुगेका थिए । 

एक सय तीन वर्षको उमेरमा ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचारका क्रममा आइतवार बिहान उनको निधन भएको हो । उनको पार्थिव शरीर अन्त्येष्टि नगरी अध्ययनका लागि अस्पताललाई हस्तान्तरण गरिने परिवार स्रोतले जनाएको छ ।

उनको पार्थिक शरीर त्यहाँ अपराह्न ४ बजेसम्म राखिनेछ । उनलाई राज्यकातर्फबाट ‘राष्ट्रिय सम्मान’ प्रदान गरिने गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए । 

शताब्दी पुरुष जोशीलाई नेपाली कांग्रेसले श्रद्धान्जलि अर्पण गरेको छ । आइतवार विज्ञप्ति जारी गर्दै जोशीको निधनप्रति श्रद्धान्जलि गरेको हो । 

salt training

कमेन्ट गर्नुहोस्