असोज २८, २०७९
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
काठमाडाैं | असोज ३०, २०७९
साढे ६ वर्ष दक्षिण कोरियामा काम गरेर फर्किएका बुवा र त्रिभुवन विश्वविद्यालयबाट एमएससी गर्दै गरेका छोरा सँगै म्यादी प्रहरीमा भर्ना भएका छन् ।
आइतवारबाट शुरू भएको ४० दिने म्यादीको जागिरमा सीतापाइलाका राजेन्द्र बास्कोटा र उनका छोरा आदेश बास्कोटा एकसाथ भर्ती भएका हुन् ।
यसअघि स्थानीय तहको निर्वाचनमा समेत म्यादी प्रहरीमा खटिएका बास्कोटाले यसपटक भने छोरालाई पनि सँगै लिएर गएका छन् । छोराको अहिले क्याम्पस बिदा भएको हुँदा फुसर्दको समयको सदुपयोग गर्न र केही नयाँ सिक्दै आयआर्जन गर्न म्यादीमा भर्ना भएको बास्कोटाले बताए ।
सुरक्षा निकायसँग जोडिन पाउने, फुसर्दको समय सदुपयोग हुने र निर्वाचनमा पनि प्रत्यक्षरूपमा भाग लिन पाइने भएकाले अघिल्लोपटक म्यादीमा गएका राजेन्द्र यसपटक पनि भर्ती भएका हुन् ।
अघिल्लोपटक काम गर्दाको सुखद् अनुभवका कारण पनि म्यादीमा फेरि भर्ती हुन प्रोत्साहन मिलेको उनले बताए ।
बाहिर बस्दा मेहनत गर्ने बानी एकदमै धेरै हुन्छ । त्यहीँ मेहनत गर्दागर्दै कोरियामा नै उनी दुर्घटना परेका थिए । दुर्घटनामा हातमा गम्भीर चोट लागेकाले केही समयको उपचारपछि उनी स्वदेश फर्किए ।
मशिनमा परेको उनको हात स्वदेशमा थप उपचारपछि तन्दुरुस्त त भयो तर हातलाई दबाब पर्ने काम गर्न नमिल्ने र केही समय आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिए ।
हात विस्तारै ठीक हुँदै गएपछि म्यादीमा जान सकिने सोचेर उनी अघिल्लोपटक नै भर्ती भएका थिए ।
त्यसो त गत स्थानीय चुनावमा म्यादीमा खटिएकैलाई नेपाल प्रहरीले यसपटक पनि प्राथमिकता दिएको छ ।
वैशाखकै स्थानीय तहको निर्वाचनमा म्यादीमा जान रुचि देखाएका छोरा आदेश भने पढाइकै कारण सहभागी हुन पाएका थिएनन् । यसपटक भने नियमित कलेज जानु नपर्ने, घरमा बसेर समय व्यतित गर्नुभन्दा नयाँ अनुभव हुने र सुरक्षा निकायसँग जोडिएर केही सिक्न पाइने हुँदा म्यादीमा भर्ती भएको आदेशले बताए ।
आदेश विज्ञान संकायअन्तर्गत भौतिक शास्त्रमा एमएससी गर्दैछन् ।
काम सानोतिनो नहुने र आफूलाई जे सहज लाग्छ त्यो गर्न सकिने सोचेर म्यादीमा भर्ती भएको उनको भनाइ छ । आदेशलाई आफ्नो शैक्षिक उपाधिसँगै लोकसेवातर्फ पनि रुचि छ ।
उनले अहिले पनि राष्ट्रिय परीक्षा बोर्डका लागि तयारी गर्दैछन् । उनले यसअघि नेपाल प्रहरीमा रोजगारीका लागि प्रयास गरेको भएपनि अन्तर्वार्तामा छनोट हुन सकेनन् ।
लोकसेवामा रुचि रहेकाले उमेर छउञ्जेल सरकारी सेवाकै लागि प्रयास गरिरहने उनी बताउँछन् ।
फुसर्दको समयको सदुपयोग गर्दै आर्थिक उपार्जन गर्नमा शिक्षित युवाहरू पनि अगाडि सर्नुपर्ने बुवा राजेन्द्र बताउँछन् ।
काम सानोठूलो नहुने भएकाले शिक्षित भन्दैमा काम गर्न हिच्किचाउन नहुने छोरा आदेशको बुझाइ छ ।
हेर्नुहोस्, भिडियो :
सडकमा सानो व्यवसाय गरेर जीविका चलाइरहेका गरीब र सर्वसाधारणमाथि काठमाडौं महानगरले गरिरहेको दमन र अत्याचारले गर्दा गरीबको उठिबास लागेको छ । फूटपाथ खाली गर्ने नाममा महानगरले विकल्प नदिई सानो लगानीका...
काठमाडौंको केन्द्रमा रहेको सुन्धारा, रत्नपार्क, जमल आसपासका क्षेत्रमा हिजोआज एक युवक चुनावी सचेतना जगाउन नयाँ शैलीको अभियानमा भेटिन्छन् । 'भोटको सही सदुपयोग गर्नुहोला धन्यवाद' लेखिएको कागजको टोपी उ...
थापाथलीस्थित सुकुम्वासी बस्तीमा काठमाडौं महानगरले डोजर चलाउने क्रममा अवरोध भएको छ । महानगरपालिकाले अनधिकृत रूपमा बनाइएका भौतिक संरचना हटाउने अभियानअन्तर्गत सोमवार दिउँसो डोजर चलाउन शुरू गर...
भक्तपुरको सल्लाघारीमा मिर्गौैला पीडितलाई भेट्न पुग्दा उनी घरबाहिर सडकमा हामीलाई लिन कुरेर बसिरहेका थिए । उनको अनुहार सुन्निएको, कम्मरभन्दा मुनिको भाग सुकेको, घाँटीको नशा फुलेको देखिन्थ्यो । शुरूमै यस्तो का...
अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले खोला किनाराका अवैध घरटहरा हटाउन १० दिने अल्टिमेटम जारी गरेपछि संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चा लगायत दर्जनौं संगठनहरूले बिहीवार माइतीघरदेखि बानेश्वरसम्म खबरद...
तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्ष ८ महिनाअघि (२०७८ वैशाख १२ मा) निकै तामझामका साथ उद्घाटन गरेको धरहरा निर्माण कार्य पूरा हुने सुरसार देखिँदैन भने सञ्चालनमा आउने मिति अनिश्चित छ । धरहराको स्तम्भ...
सामान्यतया रूपान्तरण भन्नाले कुनै पनि वस्तुको रूप वा गुणमा परिवर्तन वा बदलाव, संस्था, समाज या व्यक्तिको चेतना वा गुणवत्तामा आधारभूत परिवर्तन वा सुधार भन्ने जनाउँछ । अंग्रेजीमा 'ट्रान्सफर्मेशन'...
हाम्रो सडकमा सधैँ एउटा नारा गुञ्जिरह्यो, ‘भ्रष्टाचारीलाई फाँसी दे !’ यो नारा सडकले त सुन्यो, तर सदनले कहिल्यै सुनेन । सर्वसाधारण जनता आजित भएर भ्रष्टाचारीलाई ‘मारिदे’ भनेका हुन् । नागर...
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने प्रपञ्चको पूरै पर्दाफास हुन अझै केही समय लाग्ला । यो प्रकरणलाई नेपाली समाजको चेत रत्तिभर बदलिएको छैन भन्ने एउटा गतिलो उदाहरणका रूपमा लिन सकिन्छ । गणतन्...