१० साउन २०८३, आइतबार

आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने

आधिकारिक निकायको परिचयपत्रबाट पनि मतदान गर्न मिल्ने

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा मतदाताले मतदाता परिचयपत्र बाहेकका अन्य परिचय पत्रले पनि मतदान गर्न पाउने भएका छन् । आफ्नो नाम भएको मतदान केन्द्रमा मतदान गर्न जाँदा आयोगले प्रदान गरेको परिचयपत्र वा अन्य परिचय खुल्ने सरकारी परिचयपत्रबाट पनि मतदान गर्न पाउने  निर्वाचन आयोगले निर्णय गरेको हो । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, लालपूर्जा वा आधिकारिक निकायबाट जारी परिचय खुल्ने परिचयपत्र देखाएर पनि मतदान गर्न पाउने व्यवस्था गरिएको बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्