०९ असार २०८३, मंगलबार

दाङमा दुई जनाको हत्या गरी गाडिएको अवस्थामा शव फेला

दाङमा दुई जनाको हत्या गरी गाडिएको अवस्थामा शव फेला

दाङबाट हराइरहेका दुई बालबालिकाको शव गाडिएको अवस्थामा आइतवार प्रहरीले फेला पारेको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ को दमारगाउँ जंगलमा सोही ठाउँका दुई बालबालिकाको शव गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष मोहन पौडेलले जानकारी दिए । उनीहरूको हत्या गरेर गाडेको देखिन्छ । 

तीन दिनअघि असोज २७ गते साँझ घरबाटै हराएका १५ वर्षका शरद आचार्य र १४ वर्षकी रोशनी महतारालाई आइतवार जंगलमा गाडिएको अवस्थामा फेला परेको वडा अध्यक्ष पौडेलले बताए । दुवै जनाको शव एकै ठाउँमा गाडिएको अवस्थामा फेला परेको हो । प्रहरी, जनप्रतिनिधि र स्थानीयले शवको उत्खनन गरेपछि पहिचान खुलेको छ । 

शवलाई पोष्टमार्टमका लागि राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा ल्याउने तयारी भइरहेको छ । घटनाको विषयमा थप जानकारी आउन बाँकी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी पुष्पराज मल्लले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्