०२ साउन २०८३, शनिबार

भारतले हासिल गर्‍यो समुद्रबाट आणविक बम प्रहार गर्ने क्षमता, निशानामा पाकिस्तान

असोज ३०, २०७९
भारतले हासिल गर्‍यो समुद्रबाट आणविक बम प्रहार गर्ने क्षमता, निशानामा पाकिस्तान

शुक्रवार बंगालको खाडीमा भारतको अरिहन्त पनडुब्बीले के–१५ एसएलबीएम क्षेप्यास्त्र प्रक्षेपण गरेको छ । 

उक्त क्षेप्यास्त्रले ७५० किलोमिटर टाढा रहेको तारोलाई ध्वस्त पारेको भारतीय जलसेनाका अधिकारीहरूले बताएका छन् । 

भारतको रक्षा मन्त्रालयले यसबारेमा जानकारी दिँदै पानीमुनिबाट पनि आणविक आक्रमण गर्ने क्षमता भारतले विकसित गरेको दाबी गर्‍यो । यससँगै भारत संसारको छैटौं न्युक्लियर ट्रायड देश बनेको छ । 

कुनै क्षेप्यास्त्रलाई पनडुब्बीबाट प्रक्षेपण गरिएमा सबमरिन लोन्च्ड ब्यालिस्टिक मिसाइल वा एसएलबीएम भनिन्छ । आधुनिक पनडुब्बी ब्यालिस्टिक क्षेप्यास्त्र पानीमाथि र मुनि दुवै ठाउँबाट प्रक्षेपण गर्न सकिन्छ । 

यस क्षेप्यास्त्रले एकैपटकमा अनेकौं तारोमा प्रहार गर्न सक्छ । यसमार्फत आणविक आक्रमण पनि गर्न सकिन्छ । 

यसको दायरा १२ हजार किलोमिटरसम्म छ । 

भारतले परीक्षण गरेको एसएलबीएमले ७५० किलोमिटर टाढासम्मको तारोमा प्रहार गर्न सक्छ । 

रक्षा मन्त्रालयका अनुसार, कुनै पनि क्षेप्यास्त्रको सफल परीक्षणका लागि दुईवटा मापदण्ड हुन्छन् ः अपरेसनल र टेक्निकल । 

यी दुवै मापदण्डमा यो क्षेप्यास्त्र सफल रहेको रक्षा मन्त्रालयको दाबी छ । 

त्यसअघि भारतले ३५ सय किलोमिटर टाढासम्मको तारोलाई विनाश गर्ने ब्यालिस्टिक क्षेप्यास्त्रको परीक्षण पनि पूरा गरिसकेको छ । यसलाई आयुधागारमा राख्ने तयारी हुँदैछ । 

भारतको यो हतियार क्षमताले पाकिस्तानलाई चिन्तित बनाएको हुनुपर्छ । विशाल हिन्द महासागरमा घुमिरहेका पनडुब्बीमार्फत पाकिस्तानलाई सधैंभरि आणविक जोखिममा राख्नका लागि भारत समर्थ हुनेछ । 

त्यही डरले पनि पाकिस्तानले भारतमाथि आणविक हतियार प्रहारको सोच नबनाउने भारतीय रणनीतिकारहरूको अनुमान छ । 

न्युक्लिय ट्रायडमार्फत आणविक हतियारको सन्तुलनलाई नै आणविक निवारण विकसित गर्नु भनिन्छ । 

वास्तवमा आणविक हतियार उपयोगका लागि भन्दा पनि शत्रुलाई निवारण गर्नका लागि बनाइएका हुन्छन् । शान्ति कायम गर्नका लागि आणविक हतियार आवश्यक भएको यसका पक्षधरहरू बताउँछन् । 

salt training

कमेन्ट गर्नुहोस्