
रुस र बेलारुसबीच भएको एक नयाँ सम्झौताअनुुसार रुसी सैनिकहरूलाई बोकेको ट्रेन शनिवार बेलारुस पुगेको छ ।
गत साता रुस र बेलारुसले बेलारुस सीमामा संयुक्त फौज तैनाथीको सम्झौता गरेका थिए । पश्चिमी सैन्य गठबन्धन नेटोले बेलारुस सीमा नजिक फौजी गतिविधि बढाएपछि त्यसको प्रतिकार गर्न दुई देशले सम्झौता गरेका हुन् ।
बेलारुसको रक्षा मन्त्रालयले एक बयान जारी गर्दै बताएअनुसार, रुस र बेलारुसको युनियन स्टेटका सीमाहरूलाई प्रतिरक्षा गर्ने एक मात्र उद्देश्यका साथ दुई देशका सैनिकहरूको क्षेत्रीय समूह बनाउने र तैनाथी गर्ने निर्णय लिइएको हो ।
पश्चिमका कतिपय विश्लेषकहरूले बेलारुस सीमाबाट समेत रुसीहरूले युक्रेनमाथि आक्रमण गर्ने सम्भावना रहेको आकलन गरेका छन् ।