२९ जेठ २०८३, शुक्रबार

दक्षिण चीन सागरमा चिनियाँ सेनाले गर्‍यो खतरनाक हतियारको परीक्षण

असोज ३०, २०७९
दक्षिण चीन सागरमा चिनियाँ सेनाले गर्‍यो खतरनाक हतियारको परीक्षण

चिनियाँ जनमुक्ति सेनाले दक्षिण चीन सागरमा जल र स्थल दुवै मोर्चाबाट आक्रमण गर्न सक्ने दुईवटा टाइप ०७५ जहाजहरूको पूर्ण परीक्षण गरेको छ । 

यस उभयचर जहाज समूहले युद्धमा लड्ने क्षमता पनि विकसित गरिसकेको विज्ञहरूले जनाएका छन् । 

हाइनान र क्वाङ्सी दुवै चीनमै बनेका आक्रामक जहाज हुन् । तिनलाई दक्षिण चीन सागरको एक गोप्य स्थानमा परीक्षण गरिएको चीनको सरकारी टीभी चाइना सेन्ट्रल टेलिभिजनले शनिवार खबर दिएको हो । 

परीक्षण शुरू हुँदा जेड–८सी हेलिकप्टरहरूले मरिन सैनिकहरूलाई हाइनानको डेकमा पहिला उतारेका थिए । हाइनान र क्वाङ्सीको वेल डेकबाट उभयचर सशस्त्र वाहनहरू बाहिर निकालिएको थियो । तिनले समुद्रको किनारमा परीक्षण आक्रमण गरेका थिए । 

यसरी खतरनाक उभयचर आक्रमण जहाज बनाएर चीनले दक्षिण चीन सागरमा आफ्नो रणनीतिक प्रभावलाई थप उचाइमा पुर्‍याएको विज्ञहरूको भनाइ छ ।
 

salt training

कमेन्ट गर्नुहोस्