×

NMB BANK
NIC ASIA

ब्यापारमा किन चुक्यो ‘हिजो आजका कुरा’ ?

असोज ३१, २०७९

NTC
Premier Steels

गत शुक्रवारबाट प्रदर्शनमा आएको चलचित्र ‘हिजो आजका कुरा’ले बक्सअफिसमा निराशाजनक शुरुवात गरेको छ । चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रवार र दोस्रो दिन शनिवारसमेत राम्रो व्यापार गर्न सकेन । कमजोर शुरुवातकै कारण मल्टिप्लेक्सले आइतवारदेखि चलचित्रको शोज समेत घटाएका छन् । कुनै समयको निकै चर्चित टेलिसिरियलको नाम सापटी लिएर सन्तोष पन्तले ‘हिजो आजका कुरा’ चलचित्रको निर्माण गरेका हुन् ।

Muktinath Bank

साकार पन्तको निर्देशन रहेको चलचित्रमा मल्टिस्टार कलाकारहरूको अभिनय छ । चलचित्रमा समावेश ‘माया जदौ’ बोलको गीत यसअघि नै सुपरहिट भइसकेको थियो । तरपनि, चलचित्रले राम्रो व्यापार गर्न सकेन ।  चलचित्रले राम्रो व्यापार गर्न नसक्नुको कारण कमजोर पटकथा र मेकिङ मानिएको छ । आधुनिक परिवारको कथा भनिएको चलचित्र पुरानै शैलीमा निर्माण गरिएका कारण चलचित्रलाई दर्शकले रुचि नदिएको हुनसक्ने चलचित्रकर्मीहरू बताउँछन् । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

निर्माता एवं अभिनेता सन्तोष पन्त भने आफूहरू चलचित्र निर्माणमा कुनै कुरामा नचुकेको दाबी गर्छन् । उनले लोकान्तरसँग भने, ‘निर्माणमा चुकेकै छैनौँ । चलचित्र हेर्न जति पनि दर्शक आउनुभएको छ, नराम्रो कोहीले भन्नुभएको छैन ।’ 


Advertisment
Nabil box
Kumari

उनले चलचित्रले अपेक्षाकृत व्यापार गर्न नसकेको भने स्वीकार्छन् । उनी स्वयं द्विविधामा रहेको बताउँदै भन्छन्, ‘खोइ के भयो ? प्रचारप्रसार पुगेन कि के पुगेन् बुझनै सकिएन ।’ यद्यपि, आफूहरूले प्रचार–प्रसार पनि राम्रैसँग गरेको पन्तको भनाइ छ । दर्शकहरूले आफू अनुकूल समयमा चलचित्र हेर्ने भनेर बसेको हुने तर त्यतिञ्जेल हलले चलचित्र उतारिसकेको हुनसक्ने बताए । ‘चलचित्र लागेको छ । केही दिन चल्छ नी भन्ने दर्शकहरूमा हुन्छ । आफू अनूकूल समयमा ७÷८ दिनपछि हेर्न जाउँला भन्ने दर्शकहरूमा हुने गरेको रहेछ । तर, त्यतिञ्जेल हलले चलचित्र झिकिसकेको हुनसक्छ’ उनले भने । 

Vianet communication

सोहीकारण चलचित्र विस्तारै हेरौँला भनेर नबस्न समेत दर्शकहरूलाई उनी आग्रह गर्छन् । चलचित्रमा सन्तोष पन्त, रमा थपलिया, ऋचा शर्मा, दिव्य देव, साकार पन्त, रिमा विश्वकर्मा, जेविका कार्कीलगायतको मुख्य भूमिका छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’को प्रदर्शन नेपालमा अझै जारी छ ।  चलचित्रले शनिवार प्रदर्शनको ५१ दिन पूरा गर्दैछ । प्रकाश सपूत, केकी अधिकारी र वर्षा शिवाकोटी स्टारर यो चलचित्र...

पुस २२, २०८०

हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टेज शोमा फर्किएसँगै मेला–महोत्सवमा खोजिन थालेका छन् । अघिल्लो शनिवार कास्कीको लेखनाथ महोत्सवमा प्रस्तुति द...

पुस १२, २०८०

ढुंगामाटोले बनेको घरको आँगनमा घरतर्फै फर्किएर केही मानिसहरू लाइन लागेका छन् । बार्दलीमा झुन्ड्याइएको ब्यानरमा लेखिएको छ, सक्किगोनि ।  ब्यानरको छेउमा उभिएका छन्, अर्जुन घिमिरे (पाँडे) । यो चर्चित ह...

कात्तिक १९, २०८०

अस्ट्रेलियाको एक साङ्गीतिक कार्यक्रममा गायक सुगम पोखरेलले दर्शकलाई माइकले हानेका छन् । आइतवार बिहानैदेखि सामाजिक सञ्जालमा उक्त भिडियो भाइरल भइरहेका छन् ।  शुक्रवार राती नेपालमा गएको भूकम्पमा ज्यान गु...

मंसिर २, २०८०

‘लुट’ र ‘टलकजंग भर्सेस टुल्के’जस्ता प्रशंसित चलचित्रका निर्देशक निश्चल बस्नेतको चलचित्र ‘दिमाग खराब’ दोस्रो सातामा प्रदर्शन भइरहेको छ । २०७३ मा ‘लुट– २’...

मंसिर ११, २०८०

‘चिसो हावाले’ बोलको गीत युट्युबमा सार्वजनिक गरिएको छ ।  आइतवार बेलुका अकलादेवी म्युजिकको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गीतमा सुरज अगस्ती, लक्ष्मी खड्का र ध्रुव रेग्मीको स्वर छ ।  ...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

प्रशासनिक सुधारको पाटो ५– कर्मचारीमा व्यावसायिकता विकास

बैशाख २७, २०८१

नेपालको निजामती सेवा (समग्र प्रशासन) कम व्यावसायिक भएको आरोप लाग्दै आएको छ । कर्मचारीहरूमा बुझाइको स्तर सतही देखिन थालेको छ । सकारात्मक सोच पनि खस्किएको छ । प्रस्तुतिमा आत्मविश्वास होइन, हीनभावना देखिन थालेको ...

x