३२ असार २०८३, बिहीबार

खाद्य सुरक्षाका लागि थप लगानी गर्न संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूको आग्रह

खाद्य सुरक्षाका लागि थप लगानी गर्न संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूको आग्रह

खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसंघीय एजेन्सीहरूले आग्रह गरेका छन् ।

कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसंघीय एजेन्सी संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले आग्रह गरेका हुन् ।

यी संस्थाहरूले संयुक्त विज्ञप्ति प्रकाशन गरेर विश्वका देशहरूलाई खाद्यान्न अभावको समस्या देशव्यापी रूपमा बढ्दै गएकाले यसका लागि अब सोच्नुपर्ने अवस्था आएको बताएका हुन् ।

आइतवार विश्व खाद्य कार्यक्रमका अवसरमा उनीहरूले विश्वका देशहरूलाई आग्रह गरेका समाचारमा जनाइएको छ ।

हाल विश्वमा आन्तरिक द्वन्द्वका कारण कैयौं देशबाट नागरिकहरूले देश छोड्नुपरिरहेको अवस्था छ । बाढीपहिरो आदिका कारण पनि खाद्यान्न बालीमा समस्या उत्पन्न भएकाले खाद्यान्न अभावको अवस्था देखिँदै गएको पनि संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

हालका वर्षहरूमा विश्वमा जलवायु परिवर्तनका कारण समस्या उत्पन्न भइरहको र यसले कुनै पनि देशका खेती प्रणालीमा नै असर गरिरहेकाले यो अवस्था आएकाले पनि खेती प्रणालीहरूमा परिवर्तन ल्याई नयाँ खेती प्रणालीको विकासका लागि थप लगानी गर्नुपर्ने अवस्था आएको पनि बताइएको छ ।

देशहरूले दीगो खाद्य विकास कार्यक्रमहरू ल्याउनुपर्ने र खाद्यान्नका आपूर्तिका विधि र तरिकाहरूमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको छ । आइतवार विश्व खाद्य दिवस विश्वका विभिन्न देशका खाद्यान्नको आवश्यकता, यसको उपलब्धता र आगामी दिनमा खाद्यान्नको सुनिश्चितताजस्ता विषयमा आवश्यक छलफल र परामर्श गरी मनाइएको छ ।

संयुक्त राष्ट्रसंघीय कार्यक्रम लगायतका विश्वका अन्य सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि आगामी दिनहरुमा जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभावका थप समस्याहरू झेल्नु परिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने सन्देश पनि यस दिवसका अवसरमा दिइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्