०८ साउन २०८३, शुक्रबार

बढी माइलेज दिने यामाहाका यी ८ एफआई बाइक तथा स्कुटर, कति पर्छन् मूल्य ?

बढी माइलेज दिने यामाहाका यी ८ एफआई बाइक तथा स्कुटर, कति पर्छन् मूल्य ?

वर्तमान अवस्थामा पेट्रोलको भाउ निकै आकासिएको छ । 

यस्तो अवस्थामा हर कोहीको चाहना हुन्छ अलि बडी माइलेज दिने बाइक तथा स्कूटर किन्ने । 

ग्राहकको यही चाहनालाई ध्यानमा राखी नेपाली बजारमा सन् २००८ देखि यामाहाले एफआई सिस्टमका बाइक तथा स्कूटर ल्याएको जनाएको छ । 

एफआई प्रविधिले एफआई इन्जेक्टरको मध्यमबाट 'हाई इण्ड प्रेसरमा इन्जिनलाई चाहिने मात्रा मा मात्र पेट्रोल पठाउने भएकाले बाइकले बढी माइलेज दिने तथा बढी पावर पनि प्रदान गर्छ।

एफआई टेक्नोलोजीका विशेषता  भनेको बढी माइलेज दिने, जस्तो पनि वेदर कण्डिसनमा पनि स्टार्ट हुने र लो मेन्टिनेन्सहरू हुन् ।

यामाहाले नेपाली बजारमा ल्याएका एफआई टेक्नोलोजीसहितका बाइक तथा स्कूटर यस प्रकारका छन् :

मोटरसाइकल

एफजेड भी२

१५० सीसीको एफजेड भी२  युवा उमेर समूहले खुब रुचाएको बाइक हो ।  ज्यादै आरामदायी , हलुका, चलाउन सहज , आकर्षक बडी डिजाइन , कलर  कम्बिनेशन, थोरै मर्मत खर्च , पार्ट्स  सहजै पाउने जस्ता यसको मुख्य विशेषता हो। 

एफआई टेक्नोलोजी भएको कारण माइलेज  पनि  ४५ माथि दिन्छ जुन अहिले पेट्रोलको मूल्य आकासिएको अवस्थामा निकै राम्रो हो। यस बाइक हामीले दुइटा भेरियन्ट अर्थात सिंगल डिस्क र डबल डिस्कमा पाउँछौं । यस बाइक बजारमा २ भेरियन्टमा उपलब्ध छ । जसमा एफजेड एफआईको मूल्य ३ लाख २३ हजार ९ सय रुपैयाँ र एफजेडएस एफआई रियर डिस्कको मूल्य ३ लाख ४७ हजार ९ सय रुपैयाँ पर्छ ।

एफजेड भी३

१५० सीसीको  एफजेड भी३  एक्स कनेक्ट  टेक्नोलोजिकल्ली एड्भान्स्ड बाइक हो।  यसमा ब्लुतुथको माध्यमबाट बाइकलाई मोबाइलसँग कनेक्ट  गर्न सकिन्छ ।

जस मार्फत लास्ट पार्किंग लोकेशन, फाइन्ड माइ बाइक, सेन्ट्रल लकिङ सिस्टम , हज्ज़र्ड लाइटजस्ता फिचर प्रयोग गर्न सकिन्छ ।  यस बाहेक ज्यादै आरामदायी, हलुका, चलाउन सहज , आकर्षक बडी डिजाइन , कलर  कम्बिनेशन, थोरै मर्मत खर्च, पार्ट्स  सहजै पाउने जस्ता यसको मुख्य विशेषता हो ।

एफआई टेक्नोलोजी भएको कारण माइलेज  पनि  ४५ किलोमिटर प्रतिलिटर माथि दिन्छ जुन अहिले  पेट्रोलको मूल्य आकासिएको अवस्थामा निकै राम्रो हो। यस बाइक २ भेरियन्टमा उपलब्ध छ, जसमा एफजेडएस एफआई भी३ एक्स कनेक्टको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ र एफजेडएस एफआई भी३ एक्स-कनेक्ट डार्क नाइटको मूल्य ३ लाख ९९ हजार ९ सय रुपैयाँ छ ।

 एफजेड एक्स

१५० सीसीको एफजेड एक्स यामाहाको निओ- रेट्रो मोटरसाइकल हो। 

यस बाइक १५० सीसीसेग्मेन्टमा सम्‍भवत :  नेपालकै पहिलो क्लासिकल बाइक हो ।

यसको मुख्य विशेषता भनेको यसको डीआरएल हेडलाइट वीथ प्रोजेक्टर हेडल्याम्प, अपराइट राइडिङ पोजिसन, फूल मेटल बडी, एड्भान्स्ड वाई कनेक्ट  प्रविधि हो ।

एड्भान्स्ड वाई कनेक्ट  प्रविधिको माध्यमबाट कल, एसएमयस नोटिफिकेसन बाइकको मिटर डिस्प्लेमा नै  देखिन्छ । मेन्टिनेन्स रिकमेन्डेसन, बाइकले दिएको माइलेज  तथा ब्याट्रीको कन्डिसन, लास्ट पार्किङ लोकेशन जस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

यस बाहेक ज्यादै आरामदायी, हलुका, चलाउन सहज, आकर्षक बडी डिजाइन, कलर  कम्बिनेशन, थोरै मर्मत खर्च, पार्ट्स  सहजै पाउने जस्ता यसको मुख्य विशेषता हो ।

एफआई टेक्नोलोजी भएको कारण माइलेज  पनि  ४५ किलोमिटर प्रति लिटर माथि दिन्छ जुन अहिले पेट्रोलको मूल्य आकासिएको अवस्थामा निकै राम्रो हो । यस बाइकको मूल्य ४ लाख ३५ हजार ९ सय रुपैयाँ छ ।

एमटी १५ बीएस६

१५५ सीसी क्यापासिटी भएको यस नेकेड् स्पोर्ट बाइक युवाहरू माझ निकै लोकप्रिय छ ।  आकर्षक बोडी डिजाइन, हेडलाइट, कोलोर कम्बिनेशन , कम्प्याक्ट डिजाइन जस्ता कारणले गर्दा पनि यस बाइकलाई अझ आकर्षक देखाएको छ।  सिंगल च्यानल एबीयस जडित यस बाइकको ब्रेकिङ पनि एकदम राम्रो रहेको छ ।

यस बाहेक यस  बाइकमा गेयर इन्डिकेटर,  एभरेज माइलेज मिटर डिस्प्लेमा नै हेर्न पाइन्छ,  जुन एकदम उपयोगी फिचर हो ।

एफआई टेक्नोलोजी भएकाले यसको माइलेज पनि एकदम राम्रो छ, जसमा ४०+ को माइलेज पाइन्छ । जुन अहिले पेट्रोलको मूल्य आकासिएको अवस्थामा निकै राम्रो हो ।

२ भेरियन्टमा उपलब्ध यस बाइकको ब्ल्याक एण्ड ब्ल्यु भेरियन्को ४ लाख ८३ हजार ९ सय रुपैयाँ र ह्वाइट एण्ड सीवाईडब्लु भेरियन्टको ४ लाख ९३ हजार ९ सय रुपैयाँ पर्छ ।

आर१५ एम

आर१५ एम  एक सपोर्टरेसिङ बाइक हो जुन युवाहरुको माझ लोकप्रिय छ ।  यस बाइकलाई हरेक युवाले आफ्नो जीवनमा यो बाइक चाहिँ भइदिए हुन्थ्यो भन्ने चाहना राख्ने गरेको पाइन्छ ।

१५५ सीसी क्षमताको यस बाइकमा टेक्नोलोजिकल्ली एड्भान्स्ड वाई कनेक्ट छ । एड्भान्स्ड वाई कनेक्ट  प्रविधिको माध्यमबाट कल, एसएमएस नोटिफिकेसन बाइकको मीटर डिस्प्लेमा नै पाउँछौं ।

यस बाइकमा मेन्टिनेन्स रिकमेन्डेसन, बाइकले दिएको माइलेज, ब्याट्री कन्डिसन, लास्ट पार्किङ लोकेशनजस्ता फिचर प्रयोग गर्न सकिन्छ ।

आकर्शक  बडी डिजाइन  सहितको यस बाइकमा ट्रयाक्सुसन कन्ट्रोल सिस्टम, क्विक शिफ्टर, अपसाइड डाउन फ्रन्ट फर्क, डीआरएल वीथ प्रोजेक्टर, हेडल्याम्प, डबल च्यानल एबीएस जस्ता आकर्षक फिचरहरू छन् ।  रेसिङ बाइक भएता पनि एफआई टेक्नोलोजी भएकाले यसको माइलेज पनि एकदम राम्रो छ । जसमा ४०+ को माइलेज पाइन्छ । यस बाइकको मूल्य ५ लाख  ८७ हजार ९ सय रुपैयाँ पर्छ ।

आर१५ भी३

आर१५ भी३ एक सपोर्ट रेसिङ बाइक हो जुन युवाहरुको माझ निकै नै लोकप्रिय छ ।

१५५ सीसीको यस बाइक निकै नै आकर्शक बडी डिजाइन, आकर्षक कलोर , ग्राफिक्स , डबल  च्यानल एबीएस सहितको छ ।

यसबाहिक यस  बाइकमा गियर इन्डिकेटर, एभरेज माइलेज मिटर डिस्प्लेमा नै हेर्न पाइन्छ, जुन एकदम उपयोगी फिचर हो ।

रेसिङ बाइक भएता पनि एफआई टेक्नोलोजी भएकाले यसको माइलेज पनि एकदम राम्रो छ । यसको मूल्य ५ लाख २४ हजार ९ सय रुपैयाँ पर्छ ।

एक्सटीजेड १५० 

डर्ट बाइक रुचाउने पारखीहरूको लागि एकदम लोकप्रिय बाइक हो ।

यामाहाको एक्सटीजेड १५०, १५० सीसी क्षमता भएता पनि निकै नै शक्तिशाली छ ।

बाइक हिमाली भेगमा पनि चलाउन उपयुक्त बाइक रहेको छ ।

जसका लागि आवश्यक सिस्पेन्सिओन, ग्राउण्ड क्लियरेन्स, इजी ह्याण्डलिङ जस्ता फिचर दिइएको छ ।

एफआई टेक्नोलोजी प्रयोग गरिएकाले यस बाइकको माइलेज पनि राम्रो छ । यस बाइकले ३५ किलोमिटर प्रतिलिटर माइलेज दिने बताइएको छ । यस बाइकको मूल्य ५ लाख  ६९ हजार ९ सय रुपैयाँ पर्छ ।

एफजेड २५

२५० सीसी क्षमता भएको यस बाइक निकै नै शक्‍तिशाली रहेको छ ।   यस बाहेक ज्यादै आरामदायी, हलुका, चलाउन सहज , आकर्षक बडी डिजाइन , कलर  कम्बिनेशन, थोरै मर्मत खर्च , पार्ट्स  सहजै पाउने जस्ता विशेषता छन् ।

ब्रेकिङका लागि यस बाइकमा डबल च्यानल एबीएस दिइएको छ । यस बाइकको मूल्य ४ लाख ७४ हजार ९ सय रुपैयाँ पर्छ ।  

स्कुटर

रे जेडआर १२५

अहिले एकदम लोकप्रिय स्कूटरको रुपमा परिचित छ। 

निकै नै हलुका रहेको यस स्कूटर शक्तिशाली पनि छ ।  यस बाहेक आकर्षक बडी डिजाइन , कलर  कम्बिनेशन , ग्राफिक्सले गर्दा पनि यस स्कूटर निकै नै आकर्षित बनेको छ।  एफआई टेक्नोलोजी भएकाले यस माइलेज पनि एकदम राम्रो छ ।

यसमा ५८ किलोमिटर परलिटर माइलेज पाइने कम्पनीको भनाइ छ ।

 ३ भेरियन्टमा यो स्कुटर उपलब्ध छ,  जसमा डिस्कको २ लाख ८१ हजार ९ सय रुपैयाँ र ड्रमको २६४ हजार ९ सय रुपैयाँ पर्छ । यस्तै रे जेडआर एसआर १२५ सीसी एक्स कनेक्टको मूल्य २ लाख ९१ हजार ९ सय रुपैयाँ पर्छ ।

salt training

कमेन्ट गर्नुहोस्