
डडेलधुरामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले चुनावी अभियानलाई तिव्र पारेका छन् ।
गाउँगाउँमा डुलेर भोट माग्न तल्लीन उनी जनताकै घरमा पनि बास बस्दै आएका छन् । उनले सामाजिक सञ्जालमार्फत लगातार तीन दिन कांग्रेस, एमाले र माओवादीको घरमा बास बसेको जानकारी दिएका छन् ।
‘खोइ कसरी मिल्यो थाहा भएन। अस्ति काँग्रेसको, हिजो एमालेको र आज माओवादीको शुभचिन्तकको घरमा बास बस्न पुगेछौँ’, उनले ट्वीटरमा भनेका छन् ।
उनले सोमबार आलितालको वडा ७ को खिन्नेभाडी र मेलगाँचमा कार्यक्रम सकेर वडा ६ तर्फ केन्द्रीत भएको पनि जानकारी दिएका छन् ।