×

NMB BANK
NIC ASIA

तेक्वान्दोमा तीन विभागीय टिमले दुई/दुई स्वर्ण पदक थपे

कात्तिक १, २०७९

NTC
Premier Steels

विभागीय टिम नेपाल पुलिस क्लव, शसस्त्र प्रहरी बल (एपिएफ) र नेपाल आर्मीले नवौ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत तेक्वान्दामा सोमबार भएको खेलबाट दुई÷दुई  स्वर्ण पदक थपेका छन् । 

Muktinath Bank

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा बेनीको कालीपुल कवर्डहलमा सञ्चालित प्रतियोगिताको चौथो दिन सोबारसम्म १६ इभेन्ट्स सकिँदा नेपाल पुलिसले आठ  स्वर्ण पदक जितेको छ । हालसम्म आर्मीले पाँच, एपिएफले दुई र मधेश प्रदेशले एक  स्वर्ण पदक जितेका राष्ट्रिय खेलकुद परिषद्का तेक्वान्दो प्रशिक्षक हिरा थापाले जानकारी दिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पुलिसले तीन, आर्मीले छ, एपिएफले दुई, लुम्बीनीले दुई, सदुरपश्चिम, मधेश प्रदेश र एनआरएनले एक÷एक वटा रजत पदक जितेका छन् । गण्डकी र प्रदेश १ ले सात÷सात, एपिएफले छ, मधेश र बागमतीले तीन÷तीन, लुम्बीनी र आर्मीले दुई÷दुई, पुलीस र कर्णालीले एक÷एक कास्य पदक जितेका प्रशिक्षक थापाले जानकारी दिए । 


Advertisment
Nabil box
Kumari

सोमबार राती १०ः३० मा सकिएको फाइनल खेल अन्तरगत महिला ४६ केजीतर्फ आर्मीकी काजल श्रेष्ठ, महिला ६७ केजीमा पुलिसकी इन्दिरा वस्नेत, महिला ७३ केजीमा आर्मीकी नम्रता तुलाधर, पुरुष ८७ केजी भन्दा बढीको तौल समूहमा एपिएफका भिमबहादुर खड्का, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा एपिएफका सुस्मिता गुरुङ, पुरुष ८० केजीमा पुलिसका अभिसेक बरालले स्वर्ण पदक दिलाएका छन् । 

Vianet communication

महिला ४६ केजीमा सुदरपश्चिमका झरना नाथले रजत, एपिएफका बर्षा थापा र बागमतीका रोशनी श्रेष्ठले कास्य, महिला ६७ केजीमा आर्मीकी ग्यानी चुदाँराले रजत, प्रदेश १ की सविना माझी र एपिएफकी सोरन गुरुङले कास्य र महिला ७६ केजीमा एनआरएनएकी सुमित्रा खत्रीले रजत, लुम्बिनीका सुष्टि सुर्तुङ्गा मगर र एपिएफकी रेजिना पार्कीले कास्य पदक जितेका छन् । 

पुरुष ८७ केजीभन्दा बढीको तौल समूहमा पुलिसका आसुतोष बरालले रजत, गण्डकीका निरजबहादुर नेपाली र मधेशका विकास तामाङले कास्य, महिला ७३ केजी भन्दा बढीको तौल समूहमा आर्मीका प्रतिज्ञा भण्डारीले रजत, कर्णालीकी इला केसी र मधेशका प्रवली वस्नेतले कास्य र पुरुष ८० केजी तौल समूहमा सेनाका जक्की यादवले रजत, एपिएफका जनकबहादुर जोशी र मधेशका पवनकुमार श्रेष्ठले कास्य पदक जितेका छन् ।  

बाइस इभेन्टका खेल हुने प्रतियोगिता यही कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । आठ वटा इभेन्ट्सको खेल सञ्चालन गर्न बाँकी छ । सात वटा प्रदेश, तीन  विभागीय र गैरआवासीय नेपाली संघ (एनआरएनए)का ३३०  खेलाडी सहभागी भएको जिल्ला खेलकुद विकास समिति म्याग्दीका तेक्वान्दो खेल प्रशिक्षक कर्ण प्रधानले बताए । स्वर्ण र कास्य २२÷२२ तथा ४४ वटा रजत पदकका लागि प्रतिस्पर्धा हुनेछ् । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

यूएईलाई ८ विकेटले पराजित गरेर नेपाल सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने टी–ट्वान्टी विश्वकपमा छनोट हुँदै गर्दा एउटा दृश्यले सबैको ध्यान तान्यो ।  सामाजिक सञ्जालदेखि अन्तर्राष्ट्रिय स्तरसम्म चर्चा...

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x