×

NMB BANK
NIC ASIA

‘जाऊँ गुरु’ : ५ वर्षअघिको परिकल्पना, तीन युवाको दरिलो अठोटले तयार भयो एप

कात्तिक १, २०७९

NTC
Sarbottam
Premier Steels
Marvel

‘‘चालक : ए नानी, जाने हो ? 

Muktinath Bank

यात्रु : अँ अँ लगे त जाने हो, लाने हो ? 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

चालक : ए कान्छा, 


Advertisment
Nabil box
Kumari

सहचालक : किन गुरु ? 

Vianet communication
Laxmi Bank

चालक : आँटम कि क्या हो ? ...’’

रेशम सापकोटाको शब्द संगीतमा रहेको यो पुरानो गीतलाई लोकप्रिय गायिका विष्णु माझीले गाएकी छन् ।

यो गीत लोकप्रिय बनेपछि सवारी चालकलाई सम्मान भावमा गुरु भनेर सम्बोधन गर्ने प्रचलन बढ्यो ।

गुरु सम्बोधन यति सहज छ कि ‘जाऊँ गुरुजी, जाऊँ,’ भन्ने शब्द पनि निकै प्रचलनमा आएको पाइन्छ ।

यो गुरु शब्द थप स्थापित हुने क्रममा हालै एउटा नयाँ राइड शेयरिङ एप सञ्चालनमा आएको छ ।

आइतवार एक समारोहका बीच राइड शेयरिङ एप ‘जाऊँ गुरु’ सार्वजनिक गरिएको हो । यसलाई तीन युवा मिलेर बनाएका हुन् । जसमा इन्द्रहाङ लिङ्देन, दिवाकर अर्याल र खुशीमान लिम्बू छन् । 

बेलायत बस्दै आएका इन्द्रहाङले नेपालमै रहेका दिवाकरसँग मिलेर यो एप सार्वजनिक गरेका हुन् । जसलाई उनका साथी खुशीमानले साथ दिएको इन्द्रहाङ बताउँछन् । 

जाऊँ गुरु– ५ वर्षअघिको परिकल्पना 

इन्द्रहाङ बेलायतमा उच्च शिक्षा अध्ययन पूरा गरी आफ्नै व्यवसायमा जमेका छन् । 

बेलायतमा रेस्टुरेन्ट ‘नेपाली गोर्खा’ सञ्चालन गरिरहेका उनलाई नेपालमा राइड शेयरिङ सेवाको खाँचो रहेको पहिले नै थाहा थियो । 

उनले सन् २०१७ तिर राइड शेयरिङ एपमा लगानी गर्ने सोच राखेका पनि थिए । 

तर उनको सोचलाई अर्कै कम्पनीले कार्यान्वयन नै गरिदियो, २०१८ मा । त्यसपछि उनी झस्किए । 

इन्द्रहाङ भन्छन्, ‘मैले राइड शेयरिङ एप सञ्चालन गर्ने भनेर  २०१८ भन्दा अगाडि नै सोचेको थिएँ । तर मैले मूर्त रूप दिन नपाउँदै अर्कैले नयाँ एप सञ्चालनमा ल्याइदियो ।’

आफूले सोचिरहेको काममा अरूले नै उछिनेपछि केही समय  उनी ‘ब्याक’ भए । 

काठमाडौंको अस्तव्यस्त सवारीसाधनलाई व्यवस्थित बनाउने र एपमार्फत सहज सेवा दिने उनको उद्देश्य थियो । 

उनले थप अध्ययन गर्दै गए र काम शुरू गर्न उपयुक्त टीम र समयको पर्खाइमा बसे । उनी भन्छन्,‘त्यतिखेर अरू विकल्प पनि थिएन ।’ 

उनले यसबीचमा राइड शेयरिङ एप र सेवाबारे धेरै बुझिसकेका छन् । उनीसँग टीम बनिसकेको छ र अब अगाडि बढिसकेका छन् । 

आइतवार उनले सो एप सार्वजनिक नै गरिसकेका छन् ।

०००

इन्द्रहाङको जन्म ताप्लेजुङमा भयो । उनले अध्ययनको शिलशिलामा पाँचथरमा बाल्यकाल बिताए ।

उनका बुवा त्यतिबेला ‘ब्रिटिश आर्मी’मा थिए । 

परिवारको आर्थिक अवस्था सबल थियो । इन्द्रहाङको बाल्यकाल सहजै बित्यो । 

उनले अध्ययनका लागि १० वर्षसम्म होस्टलमा बिताए । 

२०५९ मा एसएलसी दिए, पाँचथरबाटै । पछि कक्षा २ र ब्याचलर अध्ययनका लागि झापा झरे । 

ब्याचलर झापामा सकाएर मास्टर्स अध्ययनका लागि सन् २००९ मा काठमाडौं आएको इन्द्रहाङ सम्झन्छन् । 

काठमाडौंको ह्वाइटहाउस कलेजमा उनले एमबीए गरे । 

उनका साथीहरू सबैले त्यतिखेरसम्म केही न केही जागिर गरिसकेका थिए । कोही बैंकमा त कोही अन्य केहीमा । तर इन्द्रहाङले भने पहिले अध्ययन, त्यसपछि मात्रै काम भन्ने गरे । 

केही समयपछि उनी अध्ययनकै लागि बेलायत पुगे ।

बेलायत किन गएको ? जवाफमा इन्द्रहाङ सिधा जवाफ दिन्छन्, ‘अवसर खोज्न ।’

बेलायतमा उनले  एमबीए र लिडरशीप एन्ड म्यानेजमेन्ट गरी २ विषयमा मास्टर्स गरे । त्यसपछि बल्ल काम गर्ने योजना बनाए । 

‘नेपालमा केही गर्नुभन्दा बाहिर जाँदा नै राम्रो होला जस्तो लाग्यो । त्यसैले म उता गएको थिएँ,’ इन्द्रहाङ भन्छन् ।

बेलायतमा नै उनले  आफ्नो जीवनको पहिलो जागिर शुरू गरे । 

बेलायतमा जागिर गरेको करीब ५ वर्षपछि उनी आफैंले रेस्टुरेन्ट व्यवसाय शुरू गरेका छन् । 

उनी भन्छन्, ‘मैले बेलायतमा शुरूदेखि नै रेस्टुरेन्टमा काम गरें । त्यसैले लगानी पनि रेस्टुरेन्टमै गरें ।’

उनले आजभन्दा करीब ५ वर्षअघि २ करोड रुपैयाँ लगानीमा रेस्टुरेन्ट सञ्चालन गरे, जसको नाम राखे ‘नमस्ते गोर्खा ।’

सो रेस्टुरेन्टमा नेपाली खानाका साथै अन्य परिकारहरू पनि दिने गरिएको उनी बताउँछन् । 

करीब ४ महिनाअघि मात्रै पनि उनले सोही नामको नयाँ रेस्टुरेन्ट सञ्चालन गरिरहेका छन् । 

करीब २ करोड रुपैयाँ लगानीमा नै नमस्ते गोर्खा नामको अर्को रेस्टुरेन्ट सञ्चालन गरेको उनले लोकान्तरसँग बताए ।

उनी भन्छन्, ‘अब यसैलाई चेन रेस्टुरेन्ट बनाएर सञ्चालन गर्ने योजना छ ।’

लिङ्देनको परिकल्पनालाई अर्यालको साथ

रेस्टुरेन्टमा लगानी गरिरहेका इन्द्रहाङले नेपालमा दिवाकर अर्यालसँग मिलेर एक टीम बनाएका छन् ।  

उनले अर्यालसँग मिलेर आइटी कम्पनीमा लगानीसमेत गरेका छन् । करीब ३ वर्षअगाडि दिवाकर, खुशीमान  र इन्द्रहाङले एउटा आईटी कम्पनी सञ्चालनमा ल्याएका छन्, इभाज् टेक्नोलोजी ।

सो कम्पनीले विभिन्न वेबसाइटहरू बनाउने, मोबाइल एपहरू निर्माण गर्ने जस्ता काम गर्दै आएको छ ।

राइडिङ एप ल्याउने सोच्दै गर्दा इन्द्रहाङले बीचमा आईटीमा लगानी गरेका हुन् । 

त्यसपछि त करीब २ वर्ष कोरोना महामारीका कारण कतै पनि उनले लगानी गर्ने सोचेनन् ।

महामारी सकिएपछि भने सोही टीमसँग राइड शेयरिङ एपको आइडिया शेयर गरे उनले । 

उनी भन्छन्, ‘इभाज् टीमसँग मैले राइड शेयरिङ एपबारे आइडिया शेयर गरें । साथीहरूले त्यसलाई सकारात्मक रूपमा लिनुभएपछि अगाडि बढ्यौँ ।’

एप सञ्चालन गर्न उनीहरू तयार भए । तर, नाम के राख्ने ? 

‘कविले ५ महिना कविता लेख्न बसे पनि कोही समय फुर्दैन रे, कोही समयमा भने एकैपलमा,’ इन्द्रहाङ भन्छन्, ‘हाम्रो केसमा पनि यस्तै भयो । धेरै नामहरूको सूची बनाएपनि चित्त बुझ्दो भएन ।’

एकदिन कुराकानीकै समयमा दिवाकरले एक नाम प्रस्ताव गरे– जाऊँ गुरु । ​इन्द्रहाङलाई सोही नामले ‘हिट’ गर्‍यो ।

‘यो नाम रमाइलो र राम्रो लाग्यो । त्यसपछि फाइनल गर्‍यौँ,’ उनले भने ।

यस एपमा करीब ४ करोड रुपैयाँ लगानी गरिएको इन्द्रहाङ बताउँछन् । 

उनले भने, ‘एपको परीक्षणका लागि हामीले धेरै समय खर्च गर्‍यौँ । शुरूआती लगानी करीब ४ करोड रुपैयाँ गरेका छौँ ।’

कम्पनीको कार्यालय काठमाडौंको लाजिम्पाटमा राखिएको छ । 

कम्पनीमा अहिले १४ जनाले काम गरिरहेका छन् ।

इन्द्रहाङ  भन्छन्, ‘विदेशमा बसेपछि केही न केही सोच आउँदो रहेछ । यो आईडिया निकै नयाँ हो । नेपालकै लागि पहिलो प्रयोग पनि हो ।’

उनले यो एपमा निकै धेरै सुविधा रहेको समेत सुनाए । 

उनले  आफूले काठमाडौंमा कोठा सर्दा पाएको दुःख सम्झिएर पनि यो एपको विकास गरिएको सुनाए । 

अहिले प्रविधिमा निकै नै फड्को मारेपनि त्यो अवस्था त्यही नै रहेको उनले पाए ।

‘त्यसपछि नेपालीलाई बानी पार्नुपर्छ भन्ने हिसाबले यो आयो,’ उनले भने । 

के छ एपमा ? 

जाऊँ गुरु एपका प्रयोगकर्ताका लागि लोकेसन शेयर, जीपीएस ट्रयाकिङ, भुक्तानीका लागि खल्ती लगायतका अन्य अनलाइन पेमेन्ट सिस्टमबाट पैसा तिर्न सकिने र २४ सै घण्टा कल सेन्टर सेवा लगायतका सुविधाहरू रहेका छन् ।

मोटरसाइकल र ट्याक्सी राइडर यस संस्था/एपसँग आवद्ध हुँदा र यात्रु चढाउँदा पनि कुनै शुल्क नलाग्ने कम्पनीको भनाइ छ । 

सो एपमा चालकका लागि राइडरले सजिलै दर्ता गर्न सकिने, राइडर र यात्रुका लागि बीमा, राइडर वा अरु जो कोहीले रिफर गरेबापत कमिसन पाउने व्यवस्था, आपतकालीन सुरक्षाका लागि नेपाल प्रहरीको १०० वा आकस्मिक सम्पर्क व्यक्तिसम्म सूचना दिन एसओएस (सेभ आवर सोल) सेवा पनि राखिएको छ ।

नेपालमा प्रयोगमा रहेका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीको मात्र सुविधा दिँदै आएकामा जाऊँ गुरुले भने त्यसका अलवा मिनी ट्रक, पानी ट्याङ्कर र जीप भाडामा लिन सहजीकरण सेवा उपलब्ध गराउने छ । 

यससँगै अब हाललाई काठमाडौंमा बसोबास गर्नेहरूलाई कोठा सर्नका लागि मिनी ट्रक, बाइकको डेलिभरी, खानेपानीको आपूर्ति र लामो दुरीका लागि जीप भाडामा लिन सकिने कम्पनीको भनाइ छ । 

शुरूमा काठमाडौं उपत्यकामा मात्रै शुरू गरिएको यो सेवा केही समयमै उपत्यकाबाहिर पनि शुरू गरिने सञ्चालक इन्द्रहाङ बताउँछन् ।

कस्तो छ बजारमा टिक्ने योजना ? 

बजारमा अहिले राइड शेयरिङ एपहरूको विस्तार फैलँदो छ । यसै भीडमा मिसिएको छ– जाऊँ गुरु । 

यस एपले बजारमा कत्तिको आकर्षण पाउँछ, त्यो त आजै भन्न सकिँदैन । यद्यपि बजारमा यसलाई टिकाउने योजनासहित आफूहरू आएको इन्द्रहाङ दाबी गर्छन् । 

उनले विभिन्न बजार रणनीतिअनुसार काम भइरहेको समेत सुनाए । उनी भन्छन्, ‘अहिले ग्राहकले एपलाई एकदिनमै अनइन्स्टल गर्ने चान्स बढी हुन्छ, त्यसकारण हामीले त्यसो हुन नदिन काम गर्नुपर्छ ।’

उनले यसका लागि ग्राहकलाई विभिन्न किसिमले आकर्षण पैदा गराइरहने योजना ल्याउने समेत बताए ।

‘विभिन्न आकर्षक पुरस्कार, प्याकेज, बम्पर उपहार, राइड फ्री जस्ता रणनीति अपनाइन्छ,’ उनले भने ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यराति १२ बजेर १ मिनेटदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर २ तथा डिजेल तथा मट्टितेलको मूल्य ४ रु...

माघ १८, २०८०

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगम सञ्चालक समितिको बैठकले आज बिहीबारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ बढेको छ भने ड...

असोज २४, २०८०

बुधबार गोलभेँडा ठुलो (भारतीय) को अधिकतम थोक मूल्य प्रतिकिलो ४० रुपैयाँ रहेको छ । यस्तै गोलभेँडा सानो (लोकल) को ४५ रुपैयाँ रहेको छ ।  यसैगरी आलु रातोको ६५, प्याज सुकेको (भारतीय) को ७५, काउली स्थानी...

मंसिर ८, २०८०

काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य तय गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ९० रुपैयाँ र गोलभेँडा ठुलो (भारतीय)...

कात्तिक २४, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ ।  जसअनुसार गोलभेँडा ठुला नेपालीको अधिकतम थोक मूल्य प्रतिकिलो ७० तथा भारतीयको ५० रुपैयाँ कायम रहेक...

माघ १, २०८०

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ । जसअनुसार तरुलको अधिकतम मूल्य प्रतिकिलो ५० रुपैयाँ तय भएको छ । यस्तै पिँडालुको ७०, सखर खण्डको ८० रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x