१० साउन २०८३, आइतबार

माधव नेपालविरुद्धको कारबाही बारे नेकपा एसका उपमहासचिवको टिप्पणी- ज्यादती भयो !

कात्तिक ३, २०७९
माधव नेपालविरुद्धको कारबाही बारे नेकपा एसका उपमहासचिवको टिप्पणी- ज्यादती भयो !

नेकपा एसका उपमहासचिव डा.विजय पौडेलले पार्टी  अध्यक्ष माधव कुमार नेपाललाई कारबाही गर्न निर्वाचन आयोगले आदेश दिएपछि ज्याजति भएको टिप्पणी गरेका छन् । 

बिहीवार आयोगले जिल्ला प्रहरी कार्यालय रौतहटलाई अध्यक्ष नेपाललाई कारबाहीका लागि सिफारिस गरेपछि उपमहासचिव पौडेलले टिप्पणी गरेका हुन् । 

उनले ट्वीटरमा लेखेका छन्,'स्पष्टीकरण नबुझाउँदै कार्वाहीको आदेश ? यो त ज्यादती भयो ।'

उपमहासचिव पौडेलले  आयोगको यो कदम लोकतन्त्रको विरुद्ध रहेको समेत बताएका छन् । 

रौतहट क्षेत्र नम्बर १ का उम्मेदवार समेत रहेका नेता नेपालले मतदाता प्रभावित पार्ने उद्देश्यले फ्री भिसा, फ्री टिकट उपलब्ध गराउने भाषण गरेको सम्बन्धमा आयोगले बिहीवार नै कारवाहीका लागि रौतहट प्रहरीलाई पत्राचार गरेको छ ।

सोही प्रसंगमा उपमहासचिव पौडेलले टिप्पणी गरेका हुन् ।


 

salt training

कमेन्ट गर्नुहोस्