०९ असार २०८३, मंगलबार

गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ

कात्तिक ३, २०७९
गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जना पक्राउ

सर्लाहीको लालबन्दी नगरपालिका–२ जुटपानी घर भई सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत ३० वर्षीय साजन कार्कीलाई गोली प्रहार गरी घाइते बनाएको अभियोगमा ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकौला गाउँपालिका–१ बस्ने ३२ वर्षीय डिजे भन्ने धिरेन्द्र सहनी, भारत बिहार तरयानी छप्रा–८ बस्ने १९ वर्षीय रेहान भन्ने आलोक सिंह, भारत बिहार सुलतानपुर–१० बस्ने १९ वर्षीय सौरभकुमार यादव र भारत बिहार हराज–१२ बस्ने १९ वर्षीय गुलसनकुमार सिंह रहेका छन् ।

बागमती नगरपालिका–१ स्थित सगुन बचत तथा ऋण सहकारी संस्थामा कार्यरत उनलाई बुधवार दिउँसो गोली प्रहार गरी घाइते बनाएको घटनाको थप अनुसन्धानको क्रममा प्रहरीले घटनामा संलग्न आलोक, सौरभकुमार, गुलसनलाई बलरा नगरपालिका–३ लक्ष्मीपुरबाट र धिरेन्द्रलाई धनकौल गाउँपालिका–१ बाट पक्राउ गरेको हो । साथै घटनास्थलबाट प्रहरीले गोलीको खोका ४ थान र फायर भएको बुलेट ४ थान बरामद गरेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्