
विगत २४ घण्टामा ५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार पाँच सय ७१ परीक्षणमध्ये सो संख्यामा संक्रमण पुष्टि भएको छ ।
आज ५१ जना संक्रमणमुक्त भइ घर फर्किएका छन् । यो दर ९८.७ प्रतिशत रहेको हो । सक्रिय संक्रमितको संख्या सात सय २७ जना पुगेको छ । सो अवधिमा १५ हजार तीन सय ५९ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म लक्षित जनसंख्याको ९९.५ प्रतिशतले एक मात्रा र ९५.७ प्रतिशतले पूर्ण मात्राको खोप लगाइसकेका छन् ।