
काठमाडौंको चन्द्रागिरि – ८ मा प्रहरीको ‘स्वईप अप्रेसन’मा अवैध घरेलु मदिरा नष्ट गरिएको छ । प्रहरी वृत्त थानकोट, प्रहरी प्रभाग बलम्वुको संयुक्त टोलीले स्वईप अप्रेसनको क्रममा अवैध घरेलु मदिरा ५ हजार लिटर गरेको हो ।
काठमाडौं प्रहरी परिसर टेकुका अनुसार करिव ५ हजार अखाद्य र गुणस्तरहीन मदिरा बरामद गरिएको जनाएको छ ।
प्रहरी प्रभाग बलम्वुको प्रहरी प्रमुख प्रहरी निरीक्षक सुभद्रा लामा वाइबा र प्रहरी वृत्तका थानकोटका प्रहरी निरीक्षक लिला आचार्यको टोलीले अवैध मदिरा नियन्त्रणमा लिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।
नियन्त्रणमा लिएको मदिरा प्रहरीले चन्द्रागिरि वडा नम्बर ८ का जनप्रतिनिधिहरूको रोहबरमा नष्टसमेत गरिएको थियो । काठमाडौं चन्द्रागिरिमा प्रहरीले लुकाइछिपाई टहरा जंगल बीचमा बनाइरहेको अवैध मदिरा नियन्त्रणमा लिई नष्ट गर्दै आइरहेको छ ।