०८ साउन २०८३, शुक्रबार

पोखरा र बुटवलमा आज सत्ता गठबन्धनको संयुक्त भेला, शीर्ष नेताहरूले सम्बोधन गर्ने

कात्तिक ४, २०७९
पोखरा र बुटवलमा  आज सत्ता गठबन्धनको संयुक्त भेला,  शीर्ष नेताहरूले सम्बोधन गर्ने
फाइल तस्वीर

सत्ता गठबन्धनले आजदेखि संयुक्तरूपमा चुनावी अभियान शुरू गर्दैछ ।

आज गठबन्धनका शीर्ष नेताहरूले पोखरामा आयोजना हुने संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दैछन् । 

कार्यक्रममा  प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत सहभागी हुने बताइएको छ ।

भेला पोखरा सभागृहमा बिहान ११ बजेबाट तय गरिएको छ । 

देउवा र नेपाल बिहीबार नै पोखरा पुगिसकेका छन् । आजै २ बजे बुटवलमा पनि भेला आयोजना गरिएको छ ।

गठबन्धनले यसअघि काठमाडौं २ र ललितपुरमा संयुक्त चुनावी अभियान सम्पन्न गरिसकेको छ । 

 
 

salt training

कमेन्ट गर्नुहोस्